डाेटी, असाेज- १७,

डोटीको सायली गाड (खोला) मा बगेर एक महिलाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । जिल्लाको आदर्श गाउँपालिका- ५ तलारास्थित सायली गाडमा बगेर सोही गाउँपालिका-३ घर भई हाल वडा नं. ५ तलारा बस्दै आएकी ३१ बर्षीया लक्ष्मी ओझाको मृत्यु भएको हो । उनीसंगै खोलामा बगेका शिखर नगरपालिका-११ घर भइ हाल तलारा बस्दै आएका करीव ५० बर्षीय शेर बहादुर बोहरा बेपत्ता छन् । शेरवहादुर र लक्ष्मी शुक्रवार बिहान धान चुट्न भनी सायली गाड पारी सोमैजी माणु गएका थिए ।

उनीहरु शनिवार बिहानसम्म पनि घर नआएपछि सोधी खोजी गर्दा समैजी माणुबाट शुक्रवार रातीनै घर फर्केको थाह भएको स्थानीय कृष्णवहादुर भट्टराईले जानकारी दिए । रातीनै आएका मान्छे बिहानसम्म पनि घर नआउँदा आफन्त र छिमेकीले खोज तलास गर्दा सायली गाडको किनारमा लक्ष्मीको शव फेला परेको उनले वताए । खोलामा वगेर बेपत्ता भएका शेरवहादुरको स्थानीयबासीहरुले खोजी कार्य जारी राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार तत्काल घटनास्थलमा प्रहरी सहायक निरीक्षक सुमन ओझाको कमाण्डमा तीन जनाको टोली खटिएको छ । घटनाको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव अवस्थीको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय