डाेटी, असाेज- १३,
नेपाली कांग्रेसले १५ औं महाधिवेशन अन्तर्गत तय गरेका सबै तहका अधिवेशनहरू डाेटी कांग्रेसले सम्पन्न गरेकाे छ ।


असाेज ३ र ४ गते वडा तथा ७ गते गाउँ/नगरपालिकाकाे अधिवेशन सम्पन्न गरिएको थिए ।
त्यसैगरी असाेज १० गते प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने भनिएपनि भारी बर्षाका कारण ११ गते अधिवेशनको उद्घाटन गरिएकाे थियाे । ११ गतेदेखि सुरू भएकाे डाेटीकाे प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १३ गते सर्वसम्मत ढंगबाट सम्पन्न गरिएकाे थियाे ।

प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि निर्वाचित भएका छन् भने पार्टीको क्षेत्रीय कार्यसमिति समेत गठन गरिएको छ ।

महाधिवेशन प्रतिनिधिमा विभिन्न क्लस्टर गरेर ३४ जना प्रतिनिधिहरू निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधिमा प्रदेश सभा ‘क’ बाट २४ जना र प्रदेश सभा ‘ख’ बाट २४ जना निर्वाचित भएका छन् ।
त्यस्तै प्रदेश सभा ‘क’ क्षेत्रीय कार्यसमितिकाे सभापतिमा गणेश मलासी निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश सभा ‘ख’ क्षेत्रीय कार्यसमितिकाे सभापतिमा बुद्धि सागर बिनाडी निर्वाचित भएका छन् ।
जिल्ला अधिवेशन भने १५ औँ महाधिवेशन पश्चात् हुने बताइएकाे छ ।
नेपाली कांग्रेस डाेटीका कार्यवाहक सभापति नारायण बहादुर बलायरले सम्पूर्ण तहका अधिवेशन साैहार्दपूर्ण वातावरणमा सम्पन्न भएकाेमा सबैलाई धन्यवाद दिएका छन् ।









