दिपायल, असाेज- ९,
नेपाली कांग्रेसकाे १५औं महाधिवेशन अन्तर्गत डोटीका सबै वडा तथा गाउँ/नगरपालिकामा अधिवेशन सम्पन्न भएकाे बताइएकाे छ ।

असाेज ३ र ४ गते वडा तथा ७ गते गाउँ/नगरपालिकामा साैहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएकाे नेपाली कांग्रेस डाेटीका कार्यवाहक सभापति नारायण बहादुर बलायरले जानकारी दिएका छन् ।

वडा, गाउँ/नगरपालिका अधिवेशन भएसंगै असोज १० (भाेलि) गते हुने प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनकाे तयारी पूरा भएकाे समेत कार्यवाहक सभापति बलायरले बताए ।

भाेलीदेखि हुने प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका कार्यक्रम राजपुरस्थित सेती सभाहलमा हुने बताइएकाे छ । अधिवेशनमा जिल्लाभरीबाट करिब डेढ हजारकाे संख्यामा क्षेत्रीय प्रतिनिधिहरूकाे सहभागीता रहने भएकाे छ ।

बिहान ११ बजे अधिवेशनकाे उद्घाटन हुने र त्यसपछिका कार्यक्रमहरू प्रतिकुल माैसमलाई ध्यानमा राखेर अगाडि बढाइने आयाेजकले जनाएकाे छ ।

कार्यवाहक सभापति बलायरले अधिवेशनलाई प्रतिस्पर्धाभन्दा सहकार्य र व्यक्तिगत स्वार्थभन्दा पार्टी हितलाई प्राथमिकतामा राखेर सम्पन्न गर्न सबै क्षेत्रीय प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको अधिवेशनलाई स्वच्छ, निष्पक्ष, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरिने उनले बताए । उनले सबै प्रतिनिधिहरूलाई समेत सक्रिय सहभागीताकाे लागि समेत आग्रह गरेका छन् ।

त्यसैगरी निम्न व्यक्तिहरू पालिका अधिवेशनबाट सभापतिमा निर्वाचित भएका छन् :
१. धिर्क बहादुर सिंह (सभापति)- शिखर नगरपालिका
२. बिरेन्द्र बहादुर कोटकेनी (सभापति)- बडीकेदार गाउँपालिका
३. जितेन्द्र बहादुर बोहरा (सभापति)- जोरायल गाउँपालिका
४. नरेश कुमार बम (सभापति)- बोगटान फुड्सिल गाउँपालिका
५. अंक खड्का (सभापति)- पुर्वीचौकी गाउँपालिका
६. अमर बहादुर खड्का (सभापति)- सायल गाउँपालिका
७. इन्द्र बोहरा (सभापति)- आदर्श गाउँपालिका
८. नरेश बहादुर खड्का (सभापति)- के.आई.सिंह गाउँपालिका

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय