सिलगढी,
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिद्वारा ४१ हजार ५ सय ५१ रुपैयाँ सहयोग गरेको छ ।
सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समिति डोटीले मंगलवार उक्त रकम बाढीपीडितको उद्धार तथा राहतका लागि प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई चेक हस्तान्तरण गरेको थियाे ।

रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरे नेपालले देश विपत्तिमा परेका बेला सबैले आ-आफ्नो क्षमता अनुसार सहयोग गरिरहेको बताइन् ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनामा सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको सिलगढि खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष जगत बहादुर खड्काले बताए ।
भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरिरहेका छन् ।









