धनबहादुर बाेहरा,
डाेटी/प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस डोटीमा पनि मनाइएको छ । प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुती दिने सहिदको सम्झनामा डोटीमा पनि विविध कार्यक्रम गरि मनाइएको हाे ।
नेपाल विद्यार्थी संघ डोटीले पनि विविध कार्यक्रम गरेर सहिद दिवस मनाएकाे नेबि संघका जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार सहिदको सम्झनामा दिपायलमा दिप प्रज्वलन गरिएको छ ।


त्यसैगरी बास नेपाल डाेटी शाखाले पनि जिल्ला प्रशासनकाे प्राङ्गणमा दिप प्रज्वलन गरि सहिद दिवस मनाएकाे शाखाका अध्यक्ष सरिता कठायतले जानकारी दिइन ।









