काठमाण्डाैं/नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित आनन्दभूमि बिजनेस सेन्टरमा सम्पन्न भएको छ।

साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य रामचरित्र मेहताले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ तथा युवा तथा खेलकुद क्षेत्रका मन्त्रीका सल्लाहकार राजु सिंह विशेष अतिथिका रूपमा सहभागी थिए ।

उद्घाटन समारोहमा विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, नेपाल ब्याडमिन्टन संघका पदाधिकारी, चार प्रदेश ब्याडमिन्टन संघका प्रतिनिधि तथा ४१ जिल्ला संघका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि रामचरित्र मेहताले नेपाली ब्याडमिन्टनले पछिल्ला वर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै खेलको दिगो विकासका लागि पूर्वाधार विस्तार, दक्ष जनशक्ति उत्पादन तथा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा जोड दिए ।

नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी खेलाडी उत्पादनका लागि संघ, सरकार र निजी क्षेत्रबीचको सहकार्य थप सुदृढ हुनुपर्ने धारणा व्यक्त गरे ।

नेपाल ब्याडमिन्टन संघका प्रवक्ता बेनुपराज खत्रीका अनुसार साधारण सभामा आर्थिक तथा प्रगति प्रतिवेदन, आगामी कार्ययोजना, नीतिगत प्रस्ताव तथा संगठनको भावी कार्यदिशामाथि छलफल गरी आवश्यक निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ।

संघले साधारण सभाबाट पारित निर्णयहरूले नेपाली ब्याडमिन्टनको संस्थागत विकास, सुशासन, खेलाडी उत्पादन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने संघका सचिब जगत बहादुर खड्काले बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय