गणेश मौनी,
दिपायल/का वडाअध्यक्षहरु जिल्लाको समग्र विकासका लागि साझा मुद्धाहरुको खोजी गर्दै एकजुट भएर अगाडि बढ्ने भएका छन ।

दिपायलमा आइतबार बसेको वडाअध्यक्षहरुको भेलाले जिल्लाका गौरवका विकासका योजनाहरुलाई सबै स्थानीय तह तथा वडाहरुले मिलेर अगाडि बढाउनु पर्ने बताएको छ । भेलामा जिल्लाका साझा सवालहरुको बारेमा सरोकारवाला निकायहरुसंग समेत छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासीले जिल्लाको पहिचान बोकेका साझा मुद्धाहरुको सवालमा एकजुट भएर अगाडि बढ्ने बताए । उनले भने- ‘हाम्रो पाँच वर्षको कार्यकाल हुन्छ एक वर्ष जान थाल्यो अब चार वर्ष बााकी छ, जिल्ला भरीका सबै वडाअध्यक्ष मिलेर केही साझा काम गर्न अघि बढेका छौं ।’

जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर सहितको पाँच वेड सहितको आईसियू सेवा संचालन गर्नको लागि साझा छलफल भएको शिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष दिपक बोगटीले बताए । उनले भने- ‘जिल्लामा आईसियू सेवा नहुँदा उपचारका लागि लाखौं खर्च गरेर जिल्ला बाहिर कैलाली, छिमेकी देश भारत, नेपालगञ्ज, काठमाण्डौं जानुपर्ने बाध्यता रहेको छ, जिल्लामा स्थापना गर्दा आम नागरिकलाई सहज हुनेछ ।’

केही दिनमा जिल्लाका साझा सवालहरुमा छलफल गर्नका लागि सबै पालिका प्रमुख उपप्रमुख, वडाअध्यक्ष, जिल्लाका सरोकारवाला निकायहरुको सहभागिता हुनेगरी बृहत रुपमा छलफल कार्यक्रमको आयोजना गर्ने योजना रहेको समेत वडा अध्यक्ष बोगटीले बताए ।

छलफल कार्यक्रममा बोल्दै सामुदायिक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले पालिका भित्रका विभिन्न योजनाहरु मध्य केही कामलाई नमुनाको रुपमा अघि बढाउन सके थप प्रभावकारी हुने बताए । पछिल्लो समयमा दिनानुदिन बढ्दै गइरहेको बेरोजगारको समस्यालाई मध्यनजर गर्दै रोजगार सृजना गर्ने कार्यक्रमहरुलाई बढी प्राथमिकता दिनुपर्ने समेत बताए ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले जिल्लाका साझा सवाललाई उठान गरी अगाडि बढाउन सबै क्षेत्रबाट सहयोग पाईने बताए । उनले भने ‘तपाईहरुले यी साझा सवाल जनताको हितमा छन भनेर उठान गर्नुहोस नगरपालिका कहिल्यै पछाडि हट्दैन, जनताको पैंसा जनताको लागि काम गर्न किन पछाडि हट्नु ।’ साझा सवालहरु उठान गर्दा जिल्लाको समग्र क्षेत्रलाई समेट्नुका साथै आम नागरिकबाट राय सल्लाह लिंदा थप प्रभावकारी हुने समेत नगर प्रमुख खड्काले बताए ।

डोटी जिल्लाका साझा सवालहलाई उजागर गर्न सबै निकायको सहयोग तथा सहकार्य आवश्यक रहेको कार्यक्रमका दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ वडा अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए । डोटी जिल्ला साबिकको ९ जिल्लाको क्षेत्रीय सदरमुकाम, ऐतिहासिक डोटी गौणाको पहिचानलाई कायम राख्न पनि विभिन्न क्षेत्रको विकास आवश्यक रहको उनले बताए ।

कार्यक्रममा बोल्ने अधिकांश सहभागिहरुले डोटी जिल्लाका साझा सवालहरुलाई सम्बोधन गर्न जोड दिनुपर्ने बताए । विशेषगरी खुटीया दिपायल फास्ट ट्र्याक निमाणर् तथा सुचारु, खप्तड क्षेत्रको प्रवद्र्धन तथा विकास, साबिकको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकामको इतिहास झल्किने चिजबस्तुको संरक्षण तथा प्रवद्र्धन, आईसियू सहित सुबिधा सम्पन्न अस्पताल, शैक्षिक क्षेत्रमा नमुना प्राविधिक कलेज स्थापना, धार्मिक, पर्यटकीय स्थलहरुको पहिचान एवं संरक्षण लगाएका सवालहरुमा जोड दिएका थिए ।

डोटी जिल्लाका समसामयीक सवालहरुलाई उजागर गर्न आगामीदिनमा पनि विभिन्न छलफल, अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिनुका साथै साझा सवालहरुलाई सम्बोधन गर्न प्रदेश सरकार, संघीय सरकारसंग सहयोगका लागि अभियाननै अगाडि बढाउने योजना रहेको आयोजकले बताएको छ । डोटीमा ९ वटा स्थानीय तह र ६५ वटा वडाहरु रहेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय