दाहसंस्कार गर्न लैजाँदा जीवितै पाइयो

विराटनगर : चिकित्सकलाई बिरामीले भगवानको रुप ठान्छन्। हुन पनि मृत्युको मुखमा पुगेका बिरामीलाई जीवन दिने काम चिकित्सकले नै गर्छन्। तर, चिकित्सकको सानो लापरबाहीले कस्ता घटना हुन्छन् भन्ने कारुणीक उदाहरण छ विराटनगरस्थित कोशी अस्पतालको। जहाँ चिकित्सकको टोलीले मृत घोषणा गरेको शिशु जीवित छ। त्यो पनि परिवारले अन्तिम दाहसंस्कार गर्न लिएर जाँदा पत्ता पाए।

स्वास्थ्यमा समस्या देखिएपछि कोशी अस्पतालमा भर्ना भएका १८ दिने शिशुलाई बुधबार अस्पतालको चिकित्सकीय टोलीले मृत घोषणा गर्‍यो। परिवारले चिकित्सकको कुरा पत्याएर अन्तिम संस्कारका लागि लगे। यसरी लैजाँदै गर्दा शिशु जीवितै भएको पाइएपछि फेरि उपचार गर्न अस्पताल फर्काइएको छ।

यी शिशुको अहिले विराटनगरकै गोल्डेन अस्पतालको एनआईसीयू कक्षमा उपचार भइरहेको छ। उपचाररत शिशुको अवस्था गम्भीर रहेको अस्पतालका व्यवस्थापक सुनिल बानियाँले बताए। उनले भने, ‘हामी बेस्ट ट्रिटमेन्ट दिने प्रयास गरिरहेका छौं। उनको स्वास्थ्य अवस्था स्थिर छ। अहिले नै केही भन्न सक्ने अवस्था छैन।’

के हो घटना ?
१८ दिने शिशु कटहरी गाउँपालिका-३ निवासी दिलीप मुखिया र उमा मुखियाकी छोरी हुन्। शिशुको नाम खुसी हो। १८ दिनअघि कोशी अस्पतालमै उमाले खुसीलाई जन्म दिएकी थिईन्।

उनको नर्मल डेलिभरी भएको थियो। ससुराली कटहरी भएपनि छोरीको जन्मपश्चात उनीहरू विराटनगर-८ स्थित मधुमारामा दाजुभाउजुसँगै बस्दै आएका थिए। मधुमारा उमाको माईत हो।

बुधबार बिहान खुसीले आमाको दुध खाईनन्। स्वास्थ्यमा पनि सामान्य समस्या देखियो। उपचार गरिहाल्नुपर्छ भन्ने दाइको सल्लाह बमोजिम श्रीमानलाई लिएर उमा बिहान करिब साढे ९ बजे कोशी अस्पताल पुगिन्। छोरीलाई अस्पतालको आकस्मिक कक्षमा लगिन्। डा. लक्ष्मण चौधरीले उपचार थाले। उपचार थालेको केही बेरमै डा. चौधरीले शिशुलाई मृत घोषणा गरिदिए।

सन्तान मृत्युको खबर सुनेपछि खुसीका बुबाआमा छाङ्गाबाट खसेझैं भए। भावविह्वल भएकी उमाले अन्नपूर्णसँग भनिन्, ‘भर्खरै पाएको सन्तान गुमाएको खबरले मेरो सर्वत्र खोसिएको महसुस भयो। मैले केही थाहा पाइन्।’

अस्पतालले मृत्यु घोषणा गरिदिएपछि आफन्तले दाहसंस्कारको तयारीसहित शिशुलाई डिस्चार्ज गरी घर लगे। तर, खुसी जीवितै भेटिईन्। उनको श्वास चलिरहेको थियो। उनले हातका औँला पनि चलाईन्। यत्ति देखेपछि परिवार सदस्यले हतारहतार गोल्डेन हस्पिटल लगे। शिशुलाई अस्पताल भर्ना गरी देवर दिलीप मुखिया, दाइ मनोज मुखिया, माईजु जितनी मुखिया र दाजुको साथी सुभाष दाहाललाई लिएर उमा गुनासो गर्न अस्पताल पुगिन्।

आकस्मिक कक्षका डा. लक्ष्मण चौधरीलाई जीवित शिशुलाई मृत घोषणा गर्नुको कारण माग्दा गैरजिम्मेवार जवाफ दिएको भन्दै उमा झन भावविह्वल भइन्। शिशुका आफन्तले डाक्टरमाथि आक्रोश पोखे। अरु मानिसको संख्या पनि बढेपछि डा चौधरी अस्पतालको पूर्वदक्षिण तिरको वाल नाघेर भागे। त्यसपछि उनी सम्पर्कमा आएका छैनन्। उनको मोबाइल अफ गरिएको छ।

कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादव पनि सम्पर्कविहीन छन्। अन्नपूर्णले घटना बुझ्न पटकपटक फोन गरे पनि सम्पर्कमा आउन चाहेनन्।

यता अस्पतालमा दुर्व्यवहार गरेको भन्दै उल्टै प्रशासनले प्रहरी बोलाएर शिशुका आफन्तलाई पक्राउ गरे। पछि मिलापत्र गरी उनीहरू प्रहरी नियन्त्रणबाट छुटेका छन्। अहिले शिशु बचाउने गरी उपचारमा जुटेको परिवार सदस्यले बताएका छन्।

अन्नपूर्ण पोष्टबाट

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय