गणेश मौनी
डोटी/वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा समान पहुँच बिकास केन्द्र डोटीले आयोजना गरेको पाँच दिने बाल संरक्षण तथा आत्मरक्षा सीप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम मंगलबार सिलगढीमा सम्पन्न भएको छ ।

आदर्श गाउँपालिका अन्तर्गत रहेका साथी शिक्षकहरुलाई दैनिक जिवनमा आईपर्ने विभिन्न व्यवहारिक ज्ञानहरुको बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरेको समान पहुँच विकास केन्द्र डोटीका बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना संयोजक सुनिल जोशीले बताए ।

पाँच दिनसम्म संचालन भएको तालिममा बाल अधिकार, विश्वासीलो ब्यक्ति पहिचान, प्रभावकारी सञ्चार सिप, ब्यक्तिगत सरसफाई, कुलतबाट बच्ने उपायहरु, महिनावारीको समयमा गरिने सरसफाई तथा ब्यवस्थापन, बालबिबाह, यौनजन्य हिंसा र आत्मरक्षाका सिपहरुको बारेमा लगायत विभिन्न विषयमा छलफल गरिएको परियोजना संयोजक जोशीले बताए ।

तालिममा सिकेका कुराहरुलाई आफुले ब्यवहारमा कार्यान्वयन गर्नुका साथै गाउँघरमा अरुलाई पनि सिकाउन आवश्यक रहेको वर्ल्ड भिजन ईन्टरनेशनल नेपालका स्पोन्सरसीप फिल्ड कार्डिनेटर गांगी बलायरले बताए । उनले भने ‘जीवन उपयोगि शिपहरुको बारेमा हरेक बालबालिकालाई जानकारी दिनु आवश्यक छ ।’ तालिमको समापन गर्दै फिल्ड कोडिनेटर बलायरले प्रत्येक स्थानीय सरकारले बालबालिकाहरुलाई आत्मरक्षा सम्बन्धीको ज्ञानको बारेमा जानकारी दिन आवश्यक नीति तथा बजेटको ब्यवस्थापन गर्न आवश्यक रहेको समेत बताए ।

तालिममा आर्दश गाउँपालिका अन्र्तगतका १६ जना साथी शिक्षकहरुको सहभागि रहेको थियो जसमा १२ जना दर्ता भएका आरसी बालबालिकाहरु समेत रहेका थिए । तालिम पुस २९ गतेदेखी माघ ३ गतेसम्म सिलगढीमा संचालन भएको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय