गणेश मौनी
डोटी/सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलकी प्रमुख प्रहरी नायब उपरिक्षक एवं स्त्री रोग विशेषज्ञ डा.सबिता सिंहले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुलाई गरिने उपचारका साथै उनिहरुसंग गरिने बोली ब्यवहार पनि उत्तिकै महत्वपूर्ण रहेको बताएकी छन् ।

उनले भनिन् सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो तथा गुणस्तरिय सेवा प्रवाह गर्ने हाम्रो मुख्य दायीत्व नै हो त्यसका साथै सेवाग्राही के भएर अस्पताल आएका हुन उनको कुरा सुन्ने, बुझ्ने सोही अनुरुपको उपचार गर्नुका साथै बिरामीलाई शान्तोना दिंदा, हौसला दिंदा बिरामीहरुको मनोबल बढ्ने भएकाले उनिहरु संगको बोली ब्यवहार पनि अति नै महत्वपूर्ण हो ।

प्रहरी अस्पतालमा अहिले सम्म सेवा लिन आएका बिरामीहरु सन्तुष्ठ भएर घर फर्केको अनुभव डा. सिंह संग छ । केही सेवाग्राहीहरु सुरुमा अन्य अस्पतालमा उपचार गर्न जान्छन् त्यहा ठिक नभएपछी प्रहरी अस्पतालमा आएर सेवा लिई ठिक भएर घर फर्केका समेत बताइन् ।

रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु सबैभन्दा उत्तम उपाय हो डा. सिंहले भनिन् हरेक ब्यक्तीले ब्यक्तिगत सरसफाई, नियमीत स्वास्थ्य चेकजाँच, खानपान, नियमित ब्यायाममा ध्यान दिन आवश्यक देखिन्छ । प्रहरी अस्पतालमा बढीजसो पाठेघरको संक्रमण, बाझोपन, महिलाहरुको तल्लोपेट दुख्ने जस्ता बिरामीहरु आउने गरेको भएपनि सामान्यतया रुघाखोकी, चोटपटक लागेको, छालाको संक्रमण, नसाको समस्या, सुगर, प्रेसरका बिरामीहरु पनि आउने गरेको समेत डा. सिंहले बताइन् ।

प्रहरी अस्पतालमा उपचार सेवा छिटो छरितो र गुणस्तरीय रहेको दिपायलका स्थानिय बासी शंकर द्वारीयाले बताए । अन्य अस्पतालमा जाँदा धेरै समय लाग्ने, लाईनमा बस्नुपर्ने उपचार पछी रिपोर्ट ढीला आउने, सामान्य उपचारको लागि पनि दिनभर कुर्नुपर्ने हुन्छ तर प्रहरी अस्पतालमा तुरुन्त उपचारका साथै रिपोर्ट पनि तुरुन्त आउने गरेको द्वारीयाले बताए ।

प्रहरी अस्पतालमा सेवा लिन आउनु भएकी आदर्श गाउँपालिका १ की राजमती खड्काले छोरा छोरी घरपरिवार बिरामी हुदाँ प्रहरी अस्पतालमा आउने गरेको बताइन् । उनले भनिन् ‘अन्य अस्पतालमा जाँदा पंैसा घेरै लाग्छ, उपचार पनि ढीलो हुन्छ, धेरै समय कुर्नुपर्ने हुन्छ तर यहाँ पुग्नु मात्र हो उपचारको काम फटाफट हुन्छ सस्तो शुल्कमा प्रहरीले सहयोग गरिदिन्छन् ।’

दिपायल स्थित सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल संग जोडिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले बहालवाला नेपाल प्रहरी र भुतपूर्व प्रहरीहरुलाई मात्र नभई आम सर्बसाधारणको लागि समेत सहज रुपमा सेवा लिन पाउने ब्यवस्था गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा सेवा लिन सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिकाबाट आउने गरेको भएपनि अन्य स्थानबाट पनि सेवाग्राही आउने गरेको अस्पतालले जनाएको छ । क्षेत्रीय प्रहरी अस्पतालमा बिहान ९ बजे देखि ३ बजेसम्म ओपिडि सेवा चल्ने गर्छ भने आकस्मीक सेवा २४ घण्टा खुल्ला रहेको हुन्छ । अस्पतालले ओपिडि सेवा सामान्य रोगको चेकजाँच, सर्जन सेवाको लागि परामर्श, ल्याब सेवा, फिजियोथेरापी सेवा पनि उपलब्ध गराउदै आएको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले धनगढीमा पनि शाखा खोलेर सेवा प्रवाह गर्दै आईरहेको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय