डोटी/खप्तड-शैलेश्वरी अन्तर विद्यालय स्तरिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुटबल र कबड्डी प्रतियोगिताको उपाधि पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयले हात पारेको छ ।

३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा डोटी सदरमुकाम सिलगढी स्थित श्री भैरव प्रसाद गण र जिल्ला स्तरीय वाल सञ्जाल डोटीको संयुक्त आयोजनामा पुस ९ गते देखि सिलगढी स्थित टुडीखेलमा सञ्चालन भएको प्रतियोगितामा फुटबलमा सुजंग बोर्डिङ र कबड्डीमा पवित्र बोर्डिङलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगिताको फाइनल खेलमा पद्म पब्लिक मुक्ति नारायण माविले फुटबलमा सुजंग बोर्डिङ स्कुललाई १-० गोलले पराजित गरेको छ भने त्यस्तै कबड्डी प्रतियोगितामा पवित्र बोर्डिङ स्कुललाई १२ अङ्कमा सिमित राख्दै जीत हासिल गरेको थियो । पद्म पब्लिकले ७९ अङ्क प्राप्त गर्दा पवित्र बोर्डिङ स्कुलले १२ अङ्क प्राप्त गरेको थियो ।

फुटबल र कबड्डी प्रतियोगितामा प्रथम हुने टिमले रू १५/१५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाएको छ भने द्वितीय हुने टिमले रू १०/१० हजार नगद सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेका छन् ।

चित्रकला प्रतियोगितामा १० वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ति मध्य श्री तेडि माद्यामिक विद्यालयका कक्षा ७ मा अध्ययनरत छात्र आशिक साउद प्रथम भएका छन् । उनले ३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए भने पद्म पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्र डायमन्ड ओली द्वितीय भएका छन् उनले १ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका हुन् ।

त्यस्तै वेस्ट प्लेयर बन्न सफल फुटबल खेल तर्फ सुजुङ्ग बोर्डिङ स्कुलका दिपेन्द्र भुल र कबड्डीतर्फ पद्म पब्लिक मुक्तिनारायण माविकी दिपा विष्ट लाई वेस्ट प्लेयर ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा फुटबलमा फेयर प्ले अवार्ड मोर्निङ्ग लाइट बोर्डिङ स्कुल तथा कबड्डीमा पवित्र बोर्डिङ स्कुलले प्राप्त गरेको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय