गणेश मौनी
डोटी/युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरले डोटीका भूकम्प प्रभावितहरुलाई त्रिपाल सहयोग गरेको छ । डोटीको सायल गाउँपालिका वडा नम्बर ६ साउदनाराका १ सय ५० जना प्रभावितहरुलाई त्रिपाल सहयोग गरेको युएमएन डोटीका सुशासन परियोजना व्यवस्थापक खेम भण्डारीले बताए । उनले भने, ‘भूकम्पका कारण सायल गाउँपालिकाका अधिकांस घरहरुमा समेत क्षति भएकाले त्रिपाल सहयोग गरेका हौं ।’

सायल गाउँपालिकाको समन्वय तथा वडा कार्यालयको रोहबरमा सोमबार युएमएन डोटीले प्रभावित गाउँमै गएर प्रभावित परिवारलाई हस्तान्तरण गरेको हो ।

भूकम्पले गर्दा सायल गाउँपालिकामा अधिकांश घरहरुमा क्षती गरेको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए । उनले गाउँपालिकालाई अति आवश्यक रहेको त्रिपाल युएमएन डोटीले सहयोग गरेको प्रति धन्यबाद समेत ब्यक्त गरेका थिए ।

युएमएन डोटी क्लष्टरले भूकम्प प्रभावितहरुलाई बिपत ब्यवस्थापन कोषबाट त्रिपाल सहयोग गरिएको युएमएन डोटी क्लष्टरका लेखा संयोजक खडक सुनारले बताए । १ लाख ९१ हजार २ सय ५० रुपयाँ बराबरका त्रिपालहरु सहयोग गरिएको उनले बताए ।

युएमएन डोटीले यसभन्दा पहिले डोटीको पूर्बीचौकी गाउँपालिकामा रहेका भूकम्प प्रभावितहरुलाई पनि २ सय थान न्यानो कम्बल गाउँपालिका मार्फत सहयोग गरेको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय