मोहन ठकुल्ला
सिलगढी : सम विकास केन्द्र (ईडिसी) डोटीको वार्षिक सामाजिक परिक्षण तथा २५ औं वार्षिक साधाण सभाको शुभारम्भ भएको छ । विहिवार एक औपचारिक कार्यक्रम मार्फत लैङ्गिक असमानता, जातिय छुवाछूत तथा अन्य सामाजिक भेदभावजन्य व्यवहारको अन्य हामी सबैको सरोकार, लोकतन्त्र, सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ दिपायल सिलगढी नगरपालिकाको सभा हलमा उद्घाटन भएको हो ।

कार्यक्रममा सम विकास केन्द्र (इडिसि) डोटीले वर्षभरीमा गरेका कार्यहरूको वार्षिक प्रगति प्रतिवेदन २०७८/०७९ विमोचन गरेको छ ।

सामाजिक अभियानको रूपमा लागेको संस्थालाई २५ वर्ष पूरा भएको छ । छुवाछूतको अन्त्य होस्, समानरूपले सबैलाई हेर्ने दृष्टि बनोस्, महिला हिंसाको अन्त्य होस्, महिलाको क्षमता विकास होस् भन्ने उद्देश्यले विशुद्ध सामाजिक अभियानको रूमा कार्य गर्दै आएको संस्थाका अध्यक्ष अधिराज बिसीले बताए । संस्थाले विभिन्न शिक्षा, स्वास्थ्य, घरेलु साना उद्योग, व्यापार व्यवसाय, लगायतका क्षेत्रमा समेत काम गर्दै आईरहेको र आगामी दिनहरूमा सम्बन्धित सबै निकायसँग समन्वय गरेर अगाडि बढ्ने अध्यक्ष बिसीले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंहले समाजलाई अगाडि बढाउन कृषि तथा पशु व्यवसाय क्षेत्रमा लगानी लगाउनु पर्ने र यसले सामाजिक कार्यमा प्रभावकारीता बढ्ने बताए ।

संस्थाले गरेका काम प्रती धन्यवाद ज्ञापन गर्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले संस्थाले आगामी दिनहरूमा विभिन्न स्थानीय निकायसँग समन्वयमा बढि जोड दिदा लोकप्रियता बढ्छ र दलित तथा अन्य पछाडि परेका क्षेत्रको लागि शिक्षामा बढि जोड दिनु पर्ने बताए ।

उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, संस्थाका साधारण सदस्य र कर्मचारी, संस्थाको कार्य क्षेत्रका जनसमुदाय, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागीता रहेको थियो । साधाणसभा शुक्रबार सम्पन्न हुने भएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय