सिलगढी : पूर्बीचौकी गाउँपालिकाका भूकम्प प्रभावितहरूका लागि दिपायल सिलगढी नगरपालिकाले तीन लाख आर्थिक सहयोग गरेको छ । सोमवार नगर प्रमुख बाजी सिं खड्काले गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायलाई चेक हस्तान्तरण गरेका छन् । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

चेक हस्तान्तरण गर्दै दु:ख पिडामा रहेकालाई सक्दो सहयोग गर्नु मानवता भित्र पर्ने प्रमुख खड्काले बताए । भूकम्पबाट गाउँपालिकामा ठुलो क्षति पुर्‍याएको अवस्थामा दु:खमा नगरपालिका,  गाउँपालिकासँगै भएको महसुस गराउन सानो सहयोग गरेको उनले बताए ।

प्रभावितहरूका लागि विभिन्न संघसस्थाबाट सहयोग प्राप्त भइरहेको र त्यसलाई एकद्वारा प्रणालीद्वारा वितरण गरिने गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताउनुभयो । स्थानीय सरकारमा काठमाण्डौं महानगरपालिकाले १० लाख र दिपायल सिलगढी नगरपालिकाले ३ लाख आर्थिक सहयोग गरेको छ ।

हाल प्रभावित त्रिपालमुनि बसिरहेका छन् । भूकम्पबाट क्षति पुगेको ठाउँ खप्तडसँगै जोडिएको हुनाले यहाँ हिउँ पर्ने समय हुनै लागेकोले पनि चाँडै अस्थायी टहरा निर्माण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष उपाध्यायले बताए ।

गत कार्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाको आश्रम नजिक केन्द्र बिन्दु बनाएर भूकम्प  गएको थियो । जसले पुर्बिचौकी गाउँपालिकाका धेरै स्थानीय घरविहीन बनेका छन् । भूकम्पमा परी गैरागाउका ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय