सिलगढी : डोटीको पूर्बीचौकी गाउँपालिका -६ का वडा अध्यक्ष पुष्पराज जोशीको हृदयघातक कारणका निधन भएको छ। बुधबार राति एक्कासि हृदयघातका कारण ६५ बर्षीय अध्यक्ष जोशीको निधन भएको हो।
जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहका अनुसार अध्यक्ष जोशीलाई अस्पताल पुर्याउनुभन्दा पहिलेनै बाटाेमै मृत्यु भइसकेको थियाे । मृतक जोशीको हृदयघातका कारण मृत्यु भएको डाक्टर शाहले बताए ।

बुधबार गाउँपालिकाको बैठक सकेर आफ्नो घर जाने बेला वाटाेमा एक्कासि बेहोस भएर ढलेका अवस्था जोशीलाई भेटाएकाे वडा नम्बर -४ का वडा अध्यक्ष बल बहादुर खड्काले बताए ।
जोशी २०७९ साल बैशाख ३० को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा नवनिर्वाचीत भएका थिए









