सिलगढी : डोटीमा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । एसपिए कपल्लेकी सिल्ड आयोजना समितिको आयोजनामा मंसिर २८ गतेदेखि पुस २ गतेसम्म शिखर नगरपालिका वडा नम्बर १, कपल्लेकीमा प्रतियोगिता हुने आयोजक समितिका अध्यक्ष चेतबहादुर शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

डोटीमा अहिलेसम्मकै ठुलो धनराशिमा प्रतियोगिता हुन थालिएको शिखर नगरपालिका वडा नम्बर १, कपल्लेकीका वडा अध्यक्ष दिपक बोगटीले बताए । सुदूरपश्चिम एकेडेमी धनगढी मुख्य प्रायोजक तथा केदारेश्वर मावि कपल्लेकी सहप्रायोजक रहने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख २५ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा द्वितीय हुने टिमलाई नगद ५१ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने तथा छ । तृतिय हुने टिमलाई २१ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र दिइने छ । त्यसैगरी प्रतियोगितामा सर्बोउत्कृष्ट खेलाडीलाई नगद ५ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र, वेष्ट स्पाइकर, डिफेन्डर, लिप्टर, ब्लकरलाई जनही दुई हजार पाँच सय नगद, मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

सम्पूर्ण पालिकाले मंसिर २२ गतेभित्रै आफ्नो टिम खेलाडीको नाम सहित दर्ता गरिसक्नुपर्ने बताइएको छ । प्रतियोगितामा ५ वटा टिममात्रै भएमा लिग आउट र सो भन्दा माथि भएमा नकआउट चरणद्वारा खेल खेलाइने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय