बन्दना बम
डोटी : युएमएनले डोटीका भूकम्प प्रभावितहरूलाई न्यानो कम्बल सहयोग गरेको छ । आइतबार एक कार्यक्रमका बीच युएमएन डोटी क्लष्टरद्वारा दुई सय थान कम्बल पूर्बीचौकी गाउँपालिका मार्फत प्रभावित परिवारलाई हस्तान्तरण गरेको हो ।

युएमएन डोटी क्लष्टरका टिम लिडर रमेश थिङले गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायलाई दुई लाख ७१ हजार बराबरको कम्बल हस्तान्तरण गरेका हुन् ।

कम्बल हस्तान्तरण गर्दै थिङले सुत्केरी, बालबालिका तथा बृद्धबृद्धाहरूलाई पहिलो प्राथमिकतामा राखेर कम्बल वितरण गरिदिन पालिकालाई अनुरोध गरेका थिए ।

युएमएनको आपतकालिन कोषबाट सहयोग गरिएको युएमएनका मेनेजर खेमराज भण्डारीले बताए ।

सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष उपाध्यायले चिसोको समयमा सबैभन्दा आवश्यक पर्ने सामग्री न्यानो कपडा भएकाले, सोहि अनुसार सामग्री उपलब्ध गराउनु भएकोमा धन्यवाद दिएका छन् ।

‘भूकम्प प्रभावितहरुका लागि तत्काल अस्थायी घरहरुको आवश्यकता परेको छ’, गाउँपालिका अध्यक्ष उपाध्यायले भने, ‘चिसोको मौसममा बाहीर रात कटाइरहेकाहरुको लागि तत्का टिन र काठको अस्थायी घर बनाउनुपर्ने चुनौति रहेको छ ।’ बस्ती पुःनिर्माणका लागि समेत उनले सबैमा सहयोगको आग्रह गरे ।

कार्तिक २२ गते राति गएको भूकम्पका गैरागाउँ, काडामाण्डौ लगायतका गाउँमा एक सय २० घर पूणर्रुपमा भत्कीएका छन् । त्यसैगरी एक हजार ११ घर बस्न नमिल्ने गरी चर्कीएका छन् भने तीन हजार पाँच सय भन्दा बढी व्यक्तिहरु प्रभावित भएका गाउँपालिका अध्यक्ष उपाध्यायले जानकारी दिए ।

भूकम्पबाट ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय