गणेश मौनी,
डोटी : सामुदायिक विकास केन्द्र डोटीले पूर्बीचौकी गाउँपालिकाका भूकम्प प्रभावितलाई अस्थायी आवास निमार्णको लागि शनिबार विभिन्न सामाग्रीहरु सहयोग गरेको छ ।

वर्ल्डभिजन ईन्टरनेशनल नेपाल, सामुदायिक विकास केन्द्र डोटीको साझेदारी तथा जिल्ला बिपद् ब्यवस्थापन समिति डोटी र पूर्बीचौकी गाउँपालिकाको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा गएर ३१ घर परिवारलाई विभिन्न सामाग्री सहयोग गरेको पूर्बीचौकी गाउँपालिकाले जनाएको छ ।

भूकम्प प्रभावितहरुलाई सामाग्री हस्तान्तरण गर्दै पूर्बीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले गाउँपालिकाभरी सबै प्रभावितहरुलाई राहात र अस्थायी टहरा निमार्णको लागि पहल गरिरहेको बताए । उनले भने ‘पूर्बीचौकी गाउँपालिकाभरी हजारौं जना प्रभावित छन् सयौं घर भत्केका छन्, सबै भन्दा बढी क्षति गैरागाउँमा भएकोले बिस्तारै सबै कुराको ब्यवस्थापन गर्न पहल गरिरहेका छाैं ।’

आवास निमार्णको लागि पुःन निमार्ण प्राधिकरण, प्रदेश सरकार, संघिय सरकार, विभिन्न गैरसरकारी संघ संस्थाहरु संग पनि समन्वय र सहकार्य गरिरहेको उनले बताए । अध्यक्ष उपाध्यायले सामुदायिक विकास केन्द्र डोटीले गरेको सहयोगको प्रशंसा गर्दै विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

भूकम्प प्रभावित क्षेत्रका ३१ घरपरिवारलाई ईमरजेन्सी कीड सेट (त्रिपाल, झुल, प्लास्टिकको डोरी, कम्मल र पिफम) सहयोग गरेको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए । उनले भने ‘भूकम्पबाट जोखिममा रहेकाहरुलाई सहयोग गर्ने हाम्रो उद्धेश्य हो सोही अनुरुप सहयोग गरिरहेका छाैं ।’ आगामी दिनमा पनि आवश्यकता अनुसार सक्दो सहयोग गर्न सकिने भन्दै भोली पनि सोही क्षेत्रमा २० घर परिवारको लागि त्रिपाल सहयोग गर्ने समेत अध्यक्ष जोशीले बताए ।

पूर्बीचौकी गाउँपालिका- ३ गैरागाउँ, सेरागाउँ, माझगाउँ, भाटीगाउँ र सिलागाउँका भूकम्प प्रभाबितहरुलाई सामुदायिक विकास केन्द्र डोटीले गरेको सहयोग सामाग्री पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यय, वडा नम्बर ३ का वडा अध्यक्ष खडक बहादुर धामी र सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशिले हस्तान्तरण गरेका थिए ।

luthren world relief को साझेदारी गाउँपालिका संगको समन्वयमा संस्थाले यो भन्दा पहिले पूर्बीचौकी गाउँपालिका वडा नम्बर ४ र ७ का २५ घरपरिवारलाई त्रिपाल सहयोग गर्नुका साथै आगामी दिनमा सायल गाउँपालिकाका भूकम्प प्रभाबितलाई आवश्यक सहयोग गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

२०७९ कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबा आश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्बीचाैकी गाउँपालिका वडा नम्बर- ३, गैरागाउँमा दर्जनौ घर भत्किनुका साथै ६ जनाको ज्यान गएको थियो भने ७ जना घाईते भएका थिए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय