धनबहादुर बोहरा
सिलगढी : डोटीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य प्रेमबहादुर आलेमगरले बिगतमा राज्यलाई ठग्ने, दोहन गर्ने जुन जुन तत्वहरु थिए, तिनीहरुलाई ठेगान लगाउने बताए ।

निर्वाचित भएपश्चात पत्रकारसंग कुरा गर्दै आलमगरले सो कुरा बताएका हुन् । उनले धनगढी, खुटिया, दिपायलहुँदै उरेभङ्ज्याङ्गसंम्मको द्रुतमार्ग प्राथमिकतामा राखेर सम्पन्न गर्ने बताए ।

‘जनताको बीचमा जुन-जुन प्रतिबद्धता जाहेर गरेको छु, ति पुरा गर्न, अहोरात्र दत्तचित्त भएर लाग्नेछु’, नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आलेले भने, ‘द्रुतमार्ग बनाउनु मेरो प्रमुख मुद्दा हो, मेरो कार्यकाल भित्र जुनसुकै हालमा पुरा गर्नेछु ।’

‘निर्वाचनसम्म हामी कुनै दलमा आबद्ध थियौं, निर्वाचनमा कसले भोट दियो कसले दिएन भन्ने भन्दापनि अब डोटीको समग्र विकासका लागि हामी अगाडि बढ्नेछौं’, आलेले भने, ‘डोटेली जनताको कतैपनि शिर ननिहुरिने गरी अगाडि बढ्ने छौं ।’

युवाहरुको सच्चा प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश सभा ‘ख’ बाट निर्वाचित प्रदेश सदस्य शिव सिं ओलीले समाज रुपान्तरणको प्रत्रियामा हामी सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । उनले डोटीको समग्र विकासका निमित्त समग्ररुपमा पहल गर्ने बताए ।

डोटीको समृद्धी, विकास, न्याय, सुशासन र पारदर्शीता स्थापित गर्नका लागि लाग्ने प्रदेश सभा ‘क’ बाट निर्वाचित प्रदेश सदस्य चक्र मल्लले बताए । मल्लले भने, ‘आम डोटेली जनताको साझा प्रतिनिधिको रुपमा अगाडि बढ्नेछु ।’

प्रत्यक्ष तर्फ निर्वाचित प्रतिनिधि तथा प्रदेश सदस्यलाई प्रमाणपत्र वितरण

डोटीबाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवारलाई प्रमाण पत्र प्रदान गरिएको छ । बिहीबार दिउँसो प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेमबहादुर आलेमगर, प्रदेश सभा ‘क’ बाट निर्वाचित चक्र मल्ल र प्रदेश सभा ‘ख’ बाट निर्वाचित शिव सिं ओलीलाई मुख्य निर्वाचन अधिकृत शिव लाल पाण्डेले प्रमाणपत्र प्रदान गरेका थिए । दुईवटै प्रदेश सभाको बुधबार दिउँसो र प्रतिनिधि सभाको अन्तिम मत परिणाम बिहीबार बिहान सार्वजनिक भएको हो ।

प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आलेमगर २७,२१० मत प्राप्त गरि विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गौरी ओलीले २३ हजार ४ र स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरेकी छन् । आले र ओली बिच ४२०६ मतान्तर रहेको छ । आले सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको हो ।

प्रदेश सभा ‘क’ मा एमालेका उम्मेदवार चक्र मल्ल १५,२७९ मतका साथ विजयी भएका हुन् । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र बहादुर सिंहले १४,८२९ मत पाएका छन् । मल्ल र सिंह बिच ४५० को मतान्तर रहेको छ । प्रदेश संसदमा निर्वाचित मल्ल एमालेका डोटी जिल्ला अध्यक्ष हुन् ।

प्रदेश सभा ‘ख’ मा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र डोटी इञ्चार्ज शिव सिं ओली विजयी भएका छन् । ओली १४,०४७ मत प्राप्त गरि निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार टेक बहादुर बमले १३,१२८ मत पाएका छन् । ओली र मल्ल बिचर ९९१ मतको अन्तर छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय