सिलगढी : डोटी जिल्ला प्रदेश सभा ‘क’ मा नेकपा एमालेका उम्मेदवार चक्र मल्ल झिनो मतले विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्र बहादुर सिंहलाइ ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मल्लले १५२७९ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार सिंहले १४८२९ मत पाएका छन् ।

हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले ५४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले ७५५ मत पाएका छन् । प्रदेश ‘क’ मा ३३ हजार ३२२ मत खसेको थियो । जसमा १ हजार ९ सय १९ मत बदर भएको छ ।









