सिलगढी : डोटी जिल्ला प्रदेश सभा ‘ख’ मा माओवादी केन्द्रका नेता शिव सिं ओली विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका माओवादी डोटी जिल्ला ईन्चार्ज ओली नेकपा एमाले उम्मेदवार टेक बहादुर बमलाई ९१९ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।
विजयी ओलीले १४०४७ मत प्राप्त गरेका छन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी बमले १३१२८ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार रहेका मोहन बहादुर बमले १ हजार ३ सय २७ मत प्राप्त गरेका छन् । प्रदेश सभा ‘ख’ मा ३० हजार २३४ मत खसेको थियो । जसमा १ हजार ३२ मत बदर भएको छ ।









