जोरायल : डोटीको जोरायल- ३ तोडेगडाका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ६० वर्षका हिरालाल वली मृत फेला परेका हुन् ।
भारतको सिम्लामा काम गर्दै आएका वली निर्वाचनमा मतदानका लागि घर फर्किने क्रममा जोरायल गाउँपालिका ३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतमा बाटोको छेउमै मृत भेटिएका प्रहरीले जानकारी दिएको छ ।

अहिले ईलाका प्रहरी कार्यालय जोरायलका सइ गंगाराम टमाटा नेतृत्वको टोली घटनास्थल पुगेको छ ।
उनको साथमा झोला सहितको प्लास्टिकको कट्ट र नजिकै मदिराको बोत्तल पनि रहेकोले मदिरा सेवन गरि राती जाडोले कठ्याङ्ग्रीएर मृत्युु भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटना हिजो राति भएको हुनसक्ने बताइएको छ ।









