डोटी : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको तयारी डोटीमा पुरा भइसकेको छ । सुरक्षा व्यवस्था सहित मतदान केन्द्रहरुको तयारी पुरा भइसकेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिएका छन् ।

‘सबै मतदान केन्द्रहरुमा मतदान अधिकृत सहितका कर्मचारीहरु पुगिसकेका छन्’, पाण्डेयले भने, ‘सर्बदलीय बैठक बसेर सबै केन्द्रमा विभिन्न बिषयमा सूचना समेत टाँस गरी सकिएको छ ।’

डोटीमा एक सय ७७ वटा स्थायी मतदान केन्द्रहरु रहेका छन् भने जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र रहेको छ । जसमा श्री पद्म पब्लिक मुक्तिनारायण मावि र डोटी बहुमुखि क्याम्पसमा रहेका मतदान केन्द्र महिलामैत्री बनाइएका छन् ।

निर्वाचनका लागि जिल्लाभरी एक हजार चार सय १४ जना कर्मचारी परिचालित भएका छन् । जसमा मतदान अधिकृत एक सय ७८ जना, सहायक मतदान अधिकृत पनि एक सय ७८ नै रहेका छन् ।

त्यसैगरी सहायक कर्मचारी आठ सय ८१ जना खटिएका छन् भने कार्यालय सहयोगी एक सय ७७ जना रहेका छन् । ४/४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडा राखिएको बताइएको छ । कुल निर्वाचनमा खटिएका कर्मचारीहरुमा एक हजार चार जना कर्मचारीहरुबाट र चार सय १० जना शिक्षकहरुबाट रहेका छन् ।

२ हजार १७३ जना सुरक्षाकर्मी

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि डोटीमा दुई हजार एक सय ७३ जना सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिएका छन् ।

मतदान केन्द्र तीन वटा सुरक्षा घेरामा रहने बताइएको छ । जिल्लाभरी नेपाल प्रहरी र म्यादी प्रहरी एक हजार पाँच सय १८ जना खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

जिल्लाभरीका मतदान केन्द्रहरुमा नेपाली सेना चार सय ४० र सशस्त्र प्रहरी दुई सय १५ जना खटाइएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय