डोटी : नेपालमा एउटा सुदृढ राष्ट्रिय शक्ति आवश्यक भएको नेकपा एमालेका अध्यक्ष एवं पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शनिबार डोटीमा आयोजना आयोजीत बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

‘गठबन्धन जस्तो चिज बनाएर हुँदैन, गठबन्धनले देश चल्दैन’, अध्यक्ष ओलीले भने, ‘गठबन्धनमा रहेका सबै दलहरुको छुट्टा छुट्टै घोषणा पत्र रहेको र कसैले प्रत्येक्ष प्रधानमन्त्री चहिन्छ भन्याछन, कसैले प्रत्येक्ष राष्ट्रपति भन्याछन्, कसैले गणतन्त्र भन्याछन्, कसैले संघियता भन्याछन् कसैले राजतन्त्र भन्याछन्, यदि यिनीहरुले जितिहाले पनि काम गर्नै सक्दैनन्, त्यसैले यो गठबन्धन काम गर्नका लागि नभएर तपाइहरुको आँखामा छारो हाल्नको लागि मात्रै भएको हो ।’

‘गठबन्धनसंग न बिचार छ, न कार्यक्रम छ’, ओलीले भने, आगामी दिनमा देशलाई कसरी आगाडि बढाउने भनेर नेकपा एमाले एउटै बिचार, एक सिद्धान्त लिएर जनता माँझ आएको छ ।’ समृद्ध नेपाल सुखि नेपाली गठबन्धनका दलहरुले गर्न नसक्ने उनले बताए ।

गठबन्धन माथि खनिएका केपी ओलीले भने, ‘एमालेले गरेका विकासका कामसंग अतालिएर जनताको अभिमतबाट उनिहरुको पार नलाग्ने भएपछि उनीहरु बिन्तीपत्र लिएर अदालत गए, संसदीय प्रणाली अनुसार होइन, लोकतान्त्रिक प्रणालीबाट होइन, मुद्दा, मामिलाबाट सरकार बनेको हो ।’

पूर्ब मन्त्री प्रेमबहादुर आलेमगरलाई इङ्गीत गदै ओलीले भने, ‘डोटीको मात्रै बेइज्जती नभएर नेपालकै अन्तराष्ट्रिस्तरमा बेइज्जती गर्ने व्यक्रि फेरि डोटीबाट चुनाब लडिरहेकाले यस्ता व्यक्तिलाई सबैले बहिस्कार गर्नुपर्दछ ।’

चुनाबी अभियानलाई सम्बोधन गर्दै ओलीले डोटीमा गत मंगलबार राति गएको भूकम्पका कारण मृत्यु भएका परिवार तथा क्षति व्यहोरिरहेका परिवारलाई तत्कालै राहातका लागि सरकारसंग माग गरेका छन् ।

सहजपुर, बिपीनगर, बोगटान सडकको आफुले सिलन्यास गरेको स्मण गर्दै ओलीले भने, खुटिया, बिपीनगर, दिपायल हुँदै बझाङ्गको ताक्लाकोट जोड्ने द्रुत राजमार्ग निर्माणका लागि आफु सधैब लाग्ने बताए ।

डोटी एतिहासिक जिल्ला भएकाले यहाँको धार्मीक, पर्यटन, कृषि लगायत समग्र विकास सम्भव भएको र त्यो हामीलेनै गर्नुपर्ने ओलीले बताए ।
राजनीतिक कारणले पश्चिम सेती बिद्युत परियोजना बन्न नसकेको बताउँदै आलीले आगामी दिनमा यो आयोजना नयाँ ढंगबाट अगाडि बढ्ने बताए । अब आधुनिक ढंगबाट विकास अगाडि बढ्ने समेत बताए ।

दुई बर्षपछि एमालेले निरक्षरताको अन्त्य गर्ने गर्ने उनले बताए । नेकपा एमालेले जे भन्छ त्यो गरेरै छोड्ने उनले बताए । पूर्बपश्चिम हुलाकी राजमार्गदेखि महाकाली करिडोर सबै एमालेले बनाएको उनले बताए ।

ओलीले सुकुम्बासी समस्या समाधान गर्छौ, भूमीहिनको समस्याको समस्या समाधान गर्छौ तथा युवाहरुलाई रोजगारीको व्यवस्था गर्छौ भन्दै एमालेको घोषणा पत्रमा ८२ वटा माइलस्टोन उल्लेख गरेको बताए ।

‘हामीले नेपालबाट गुमेको भूमी- लिम्पीयाधुरा र लिपुलेक फिर्ता ल्याएका छौं, नक्सामा राखेका छौं, संबिधानमा उल्लेख गरेका छौं,’ ओलीले भने, ‘हामीले गरेको कुरा बोल्दै गर्दा प्रधानमन्त्रीले बोलेर हुँदैन भने, अनि बोल्न नसक्नेले के गरेर देखाउला ?’

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय