बन्दना बम,
डोटी :
डोटीमा भूकम्पले घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा घर भत्किदा च्यापिएर ६ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिएका छन् । ७ जना घाइतेहरुमध्य ४ जनाको उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने अन्य ३ जना सामान्य घाइते भएका कारण गाउँमै उपचार भइरहेको बताइएको छ ।

मृत्यु हुनेमा ४ जना बालबालिका रहेका छन् । ईलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरिक्षक नयन सिंह भाटका अनुसार मृत्यु हुनेमा ५० वर्षिय प्रेम बोहरा र उनकी छोरी १४ वर्षिया तुल्सि बोहरा त्यसैगरी ४० वर्षिया भगवती बोहरा उनका छोरा ८ बर्षिय हर्क बोहरा र १३ वर्षिय छोरी सीता बोहरा रहेका छन् । मृत्यु हुनेमा १४ वर्षिया धनसरी बोहरा रहेका छन् ।

घाइते हुनेहरुमा इशरादेवी बोहरा, धौली बोहरा, बिस्ना बोहरा, चनादेवी बोहरा, महाबीर बोहरा, केशबसिं बोहरा र जगुदेवी बोहरा रहेका छन् । उक्त गाउँमा भुकम्पका कारण ८ घर पुणर्रुपमा भत्किएका छन् ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको टोली उद्धारमा खटिएको भाटले जानकारी दिएका छन् । भूकम्पबाट त्रसित भएका स्थानीयहरुको व्यवस्थापनको लागि नेपाल रेडक्रसको टिम समेत परिचालित भएको छ । उनीहरुको खान र बस्नको व्यवस्थापन गाउँकै नजिक भइरहेको प्रहरीले जनाएको छ ।

अहिले उद्धार टोलीले भत्किएको तथा चर्किएका घरहरुबाट लत्ताकपडा, अनाज, भाडाकुडा लगायतका सामग्री सुरक्षित स्थानमा ओसारिरहेको छ । घरमा च्यापिएर दर्जनको संख्यामा पशु चौपायहरु समेत मरेका बताइएको छ ।

शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किनुका साथै चर्किएका छन्, स्थानीय त्रसित देखिएका छन् । भूकम्पका कारण सो क्षेत्र तथा सायल गाउँपालिका क्षेत्रका ठाउँठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिएका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय