बन्दना बम,
डाेटी, कार्तिक- २३, डाेटीमा केन्द्रविन्दु बनाइ आएकाे भूकम्पले घर भत्किंदा ६ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटी स्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।

मंगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएकाे भूकम्पले ग्रामीण भेगका दर्जनाै घरहरू भत्किएका छन् ।

पूर्बीचाैकी गाउँपालिकाकाे वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किंदा घरमा च्यापिएर ६ जनाकाे मृत्यु भएकाे र १ जना उद्धार गर्न बाँकि रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भाेला भट्टले जानकारी दिएका छन् । ५ जना घाइते रहेका र तिनीहरूकाे उपचारका लागि अस्पताल ल्याइएकाे भट्टले बताए ।

थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाकाे टाेली घटनास्थल पुगिसकेकाे र स्थानीय सहितकाे टाेलिले उद्धार गरिरहेकाे प्रहरीले जनाएकाे छ । शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किएका छन्, स्थानीय त्रसित देखिएका छन् ।

भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रकाे समेत ठाउँ ठाउँमा पहिराे गएकाे स्थानीय दलबहादुर देउवाले जानकारी दिएका छन् ।

त्यस अघि पनि राति ९:७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ । त्यसपछि समेत पटक पटक झट्का गएकाे थियाे ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय