डोटी/नेपाली कांग्रसले स्थानीय निर्वाचनमा देखाएको शक्ति अहिलेको गठबन्धनमा समेत देखाउनु पर्ने नेपाली कांग्रेसका सभापति एवं डोटी प्रदेश सभा ‘क’ का प्रत्यक्षका उम्मेदवार नरेन्द्रबहादुर सिंहले बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन मुल समितिले आयोजना गरेको दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सिंहले यस्तो कुरा बताएका हुन् ।

स्थानीय निर्वाचनामा नेपाली कांग्रेसलाई जुन माया गरेर डोटीको एक नम्बर पार्टी बनाउनु भएको थियो त्यसैगरी अहिले गठबन्धनका उम्मेदवारलाई भोट हालेर माया गर्नुपर्ने सिंहले सबैलाई आग्रह गरे । दिलो ज्यान दिएर कांग्रेसको शक्ति अहिलेको गठबन्धनमा समेत समर्पित हुनुपर्ने उनले बताए ।

‘अहिलेको आवश्यकता गठबन्धन हो, गठबन्धन बिनाका कार्यक्रम पनि मान्य हुँदैनन्’, सिंहले भने, ‘गठबन्धन भित्रका दलका नेता तथा कार्यकर्ताहरुले डोटीमा गठबन्धनका बिरुद्ध गरेका गतिबिधि घातक हुन सक्ने र त्यस्ता गतिबिधिले अन्य क्षेत्र तथा जिल्लाहरुमा समेत असर पर्नेछ ।’

‘चुनाबमा भोटको मात्रै सहकार्य वा गठबन्धन हुँदैन’, सिंहले भने, ‘विकास निर्माणका काममा समेत सहकार्य हुनुपर्दछ ।’ उनले डोटीमा नेता बीरबहादुर बलायरको अनुपस्थितिलाई समेत आफुले मलम लगाउने काम गर्ने बताए ।

गठबन्धनको तर्फबाट डोटीमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका नेकपा एकिकृत समाजबादीका पोलिटब्युरो सदस्य तथा पूर्ब मन्त्री पे्रमबहादुर आलेमगरले ओलीले गरेका प्रतिगमनकारी कदम तथा स्वइच्छाचारी प्रबृतीका बिरुद्ध देशैभर गठबन्धन भएकाले डोटीमा पनि गठबन्धन गर्नु परेको र गठबन्धन अहिले मात्रै नभएर कम्तिमा पाँच बर्षसम्म रहने तथा डोटीको विकासका लागि समेत गठबन्धनका दलहरु मिलेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्रका डोटी इन्चार्ज एवं प्रदेश सभा ‘ख’ का प्रत्यक्षका उम्मेदवार शिबसिं वलीले नेपाली कांग्रेसको सहयोगमा मात्रै आफु चुनाब जित्ने भएकाले सबैले इमान्दार भएका गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने बताए । गठबन्धनका सबै दलले इमान्दार भएर अगाडि बढ्नुपर्ने वलीले बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय