डोटी/गठबन्धनको तर्फबाट डोटीमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका नेकपा एकिकृत समाजबादीका पोलिटब्युरो सदस्य तथा पूर्ब मन्त्री पे्रमबहादुर आलेमगरले डोटीमा एमालेबाट चक्र मल्ल जित्नु केपी ओली जित्नु जस्तै भएकाले गठबन्धनका उम्मेदवारलाई बिजय गराउनु अनुरोध गरेका छन् ।
गठबन्धनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम तथा चुनाबी अभियानमा बोल्दै आलेले उक्त कुरा बताएका हुन् । ‘डोटीमा चक्र मल्ल जित्नु केपी ओली जित्नु जस्तै हो’, आलेले भने, ‘प्रतिगामी तत्वलाई हामीले सबै ठाउँबाट पराजित गर्नु पर्दछ ।’ चक्र मल्ल नेकपा एमालेको तर्फबाट प्रदेश सभा ‘क’ का उम्मेदवार हुन् ।

‘डोटीमा एमालेले कुनै पनि हालतमा जित्नु हुँदैन’, आलेले भने, ‘प्रतिगमनका मतियारलाई मंसिर ४ मा हुने निर्वाचनमा भोट नदिएर सधैका लागि बिदा गर्नुपर्ने आग्रह गरे ।’ कांग्रेस बिना आफुहरु डोटीमा जित्न नसक्ने भएकाले कांग्रेसमा आस्थावान सबैलाई गठबन्धनका उम्मेदवारलाई भोट दिएर बिजय गराउन समेत आग्रह गरे ।

ओलीले गरेका प्रतिगमनकारी कदम तथा स्वइच्छाचारी प्रबृतीका बिरुद्ध देशैभर गठबन्धन भएकाले डोटीमा पनि गठबन्धन गर्नु परेको र गठबन्धन अहिले मात्रै नभएर कम्तिमा पाँच बर्षसम्म रहने तथा डोटीको विकासका लागि समेत गठबन्धनका दलहरु मिलेर अगाडि बढ्ने आलेले बताए ।










