धनबहादुर बोहरा,
डोटी/आज डोटीमा आठौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । ‘सुरक्षित गर्भपतन अपराध होइन अधिकार हो’ भन्ने मूल नाराका साथ यो दिवस मनाइएकाे हो । स्वास्थ्य कार्यालय डोटीको आयोजना तथा प्रजनन् स्वास्थ्य तथा सुरक्षित गर्भपतनका क्षेत्रमा काम गर्दै आइरहेका आइपास तथा सामुदायिक विकास मञ्चको सहकार्यमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । त्यसैगरी परिवार नियोजन डोटीले समेत महिला स्वयंसेविका तथा सम्बन्धीत व्यक्तिहरुसंग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले मानव स्वास्थ्यलाई ठिक ढंगमा राख्न महिला स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताए । ‘ग्रामिण भेगमा स्वास्थ्यमा समस्या आउँदा पहिले स्वयंसेविकालाईनै खबर गर्ने भएकाले तपाइहरु गाउँको डाक्टर हो’, संयोजक सिंहले भने, ‘डाक्टरले गर्ने कामको सुरुवात तपाइहरु मार्फत हुने गर्दछ ।’

सुरक्षित गर्भपतन गराउने घटे

डोटी जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा घट्दै गएको छ । बिगत चार बर्षको तथ्याङ्क हेर्दा पछिल्लो बर्ष जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको पाइएको हो ।

स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५/०६६ मा सुरक्षित गर्भपतन गराउनेहरु एक हजार एक सय ४७ रहेका छन् । त्यसैगरी आर्थिक बर्ष २०७६/०७७ मा एक हजार ३१, आर्थिक बर्ष २०७७/०७८ मा एक हजार एक सय ११, र आर्थिक बर्ष २०७८/०७९ मा नौ सय २६ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् ।

सुरक्षित गर्भपतन गराउने मध्य २० बर्षमुनीका आर्थिक बर्ष २०७५/०६६ मा ७० जना, २०७६/०७७ मा ४९ जना, २०७७/०७८ मा ३५ जना र २०७८/०७९ मा ४० जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए ।

परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको संख्यामा कमी आएको र पछिल्लो बर्षमा परिवार नियोजनको सेवा लिने बढ्नुका साथै गोपनियतालाई मध्यनजर गर्दै कसैले मेडिकलबाट औषधि किनेर पनि गर्भपतन गराएका कारण सुरक्षित गर्भपतन गराउने घटेका हुन सक्ने जोशीले बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय