धनबहादुर बाेहरा,
डाेटी/सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड-शैलेश्वरी गाेल्डकप २०७९ काे पहिलाे सेमिफाइनल खेलमा भैरव प्रसाद गणले जीत हात पारेकाे छ । बिवादकाबीच सम्पन्न भएकाे डाेटी र भैरव प्रसाद गण बीचकाे खेलमा २ का बिरूद्ध ५ गाेल हान्दै भैरवले जीत हात पारेकाे हाे ।
दाेस्राे सेमिफाइनल खेल आइतबार कैलाली र डडेल्धुरा बीच हुने भएकाे छ । असाेज १० गतेसम्म संचालन हुने गाेल्डकप फुटबल प्रतियोगितामा ७ वटा टिम सहभागी भएका थिए ।


दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, भैरव प्रसाद गण सिलगढी र जिल्ला अस्पताल डाेटीकाे संयुक्त आयाेजनामा संचालन भइरहेकाे फुटबल प्रतियाेगितामा सेमिफाइनलका खेलहरू ४० मिनेटका रहेका छन् । प्रतियोगितामा कैलाली, डाेटी, अछाम, बाजुरा, डडेल्धुरा, उद्योग बाणिज्य संघ, भैरव प्रसाद गणका टिम सहभागी छन् ।
गाेल्डकप प्रतियाेगितामा प्रथम हुने टिमलाई नगद १ लाख तथा ट्रफि र द्वितीय हुने टिमलाई नगद ५० हजार तथा ट्रफि पुरस्कार रहेकाे छ ।
डाेटी र भैरव गण बीच भएकाे पहिलाे सेमिफाइनल खेलमा बिवादका कारण करिब आधा घण्टा खेल राेकिएकाे थियाे । रेफ्रि र लाइनम्यानले गलत निर्णय दिएका कारण डाेटीका खेलाडीहरू बाँकी खेल नखेल्ने भन्दै मैदान बाहिर गएका थिए । आयाेजकले पुन: खेल्न आग्रह गरेपछि डाेटीका खेलाडी खेल खेल्न मैदानभित्र गएकाे थियाे ।

दुईवटा अपसाइडका गाेलहरूलाई मान्यता दिएकाे र टचलाइनभन्दा भित्रकाे बललाई आउट देखाएका कारण मैदानबाट बाहिरीनु परेकाे डाेटी टिमका काेच हिक्मत मलासीले बताए ।
गाेल्डकप जस्ताे प्रतियोगितामा एन्फाबाट मान्यता प्राप्त रेफ्रि नभएर सेनाका रेफ्रि रहेकाले खेल निस्पक्ष नभएकाे खेलाडीहरूकाे गुनासाे रहेकाे थियाे ।









