धनबहादुर बोहरा,
डोटी/आज ४३ औं सामाजिक सेवा दिवस । बिविध कार्यक्रम गरेर सामाजिक सेवा दिवस डोटीमा पनि मनाइएको छ । गैरसरकारी संस्था महासंघ डोटीको आयोजना तथा डोटीमा कार्यरत सबै संघसंस्थाको सहभागितामा जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरुलाई फलफुल बितरण कार्यक्रम गरेर दिवस मनाएको छ ।


जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका प्रमुख बिजय खड्का, गैरसरकारी संस्था महासंघ प्रदेश शाखाका उपाध्यक्ष रघुबहादुर कठायत लगायतको उपस्थितिमा फलफुल बितरण कार्यक्रम गरिएको हो । सिलगढी स्थित केयरहोममा रहेका बिरामी तथा पुज्य धर्मान्तक बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई समेत फलफुल बितरण गरिएको गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष लालबहादुर बिकले जानकारी दिएका छन् ।

जिल्लामा कार्यरत संघसंस्थाले ग्रामीण भेगका असहाय, शिक्षाको पहुँचबाट टाढा भएका व्यक्तिहरुलाई समेत सहयोग गर्नुपर्ने र ग्रामीणमूखि कार्यक्रमहरु समेत गर्नुपर्ने जिल्ला समन्वय समितिका संयोजक सिंहले बताए ।










