डाेटी/प्रथम पालिका स्तरिय जनप्रतिनिधि तथा कर्मचारी सद्भावना पुरूष फुटबल प्रतियोगिता २०७९ आजबाट डाेटीकाे सिलगढी स्थित टुडिखेलमा शुरू भएकाे छ । दिपायल सिलगढी नगरपालिकाकाे आयाेजनामा भइरहेकाे प्रतियोगितामा नाै वटा टिम रहेका छन् । जसमा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, जाेरायल गाउँपालिका, केआईसिंह गाउँपालिका र आदर्श गाउँपालिकाकाे टिम रहेकाे छ । त्यसैगरी डाेटी बहुमुखी क्याम्पस, उद्योग बाणिज्य संघ, बैंकर्स तथा स्वास्थ्यकर्मीहरूकाे टिम रहेकाे छ ।

प्रतियोगिता असाेज ७ गतेसम्म संचालन हुने आयाेजकले जानकारी दिएकाे छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ४० हजार तथा ट्रफि, दाेस्राे हुने टिमलाई २५ हजार तथा ट्रफि पुरस्कार रहेकाे बताइएकाे छ । प्रतियोगिताकाे उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयाेजक लक्ष्मणबहादुर सिंहले गरेका छन् । पहिलाे खेल आयाेजक दिपायल सिलगढी नगरपालिका र डाेटी बहुमुखी क्याम्पसकाे टिम बीच भइरहेकाे छ ।











