केबि सिंह
सिलगढी/डोटीमा २७ जना डेंगुका बिरामी फेला परेका छन् । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग डोटीमा पहिलो पटक भदौ १३ गते फेला परेको थियो ।
अहिले जिल्लामा दिन प्रतिदिन डेंगुका बिरामीको संख्या बढ्दै गईरहेको जिल्ला अस्पतालले जनाएको छ । १६ दिनमै डेंगुका बिरामीको संख्या २७ पुगेको जिल्ला अस्पताल डोटीका मेडिकल रिपोर्टर नारद प्रसाद भट्टले बताए ।
उनका अनुसार भदौ १३, १४ र १६ गते एक/एक जना, १७ गते २ जना, २० गते ४ जना, २१ गते २ जना, २४ गते ३ जना, २५ गते २ जना, २६ गते ४ जना, २७ गते २ र २८ गते ४ जनामा डेंगुका संक्रमित फेला परेका हुन् । ति मध्य २३ जना जिल्ला अस्पतालबाट फेला परेका हुन भने ४ जना शिखर नगरपालिकाको स्वास्थ्य केन्द्रबाट पत्ता लागेको भट्टले जानकारी दिएका छन् ।
डेंगुका संक्रमित मध्ये १२ जना पुरुष र १५ जना महिला रहेका छन् । दिपायल सिलगढी नगरपालिकाका ११ जना, शिखर नगरपालिकाका ७ जना, पुर्विचौकी गाउँपालिकाका ६ जना, सायल गाउँपालिकाका २ जना र के.आई.सिंह गाउँपालिकाका एक जनामा डेंगु फेला परेको अस्पतालले जनाएको छ ।
एडिस एजिप्टाइ र एडिस एल्विकिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले बताए । भाइरसजन्य यो रोगको विशिष्ट उपचार पद्धती विकास नभएको भए पनि लक्षणको आधारमा डाक्टरको निगरानीमा उपचार गरे निको हुने डाक्टर शाहले बताए ।
जिल्लामा डेंगुका बिरामीको संख्यामा बृद्धि हुँदै गइरहेकाले यसको नियन्त्रका लागि अभियान संचालन गरिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले बताए । उनले आफ्नो घरआगनका खाल्डाखुल्डी, पानी जम्ने स्थान पुर्नका साथै सरसफाइलाई बिशेष जोड दिन सबैमा आग्रह गरे ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय