सिलगढी/डोटीको जिल्ला सदरमुकाम सिलगढीमा फोटो प्रदर्शनी कार्यक्रम राखिएको छ । शनिवार बिहान ७ बजेबाट शैलेश्वरी मन्दिर प्राङ्गणमा अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालको आयोजनामा फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो । फोटो प्रदर्शनीमा युद्धका जीवित स्मृतिहरू लेखिएका १४ जनाका कथाहरू रहेका छन् ।

विगतका घटनाहरूबाट पाठ सिकेर आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन तथा १० वर्षे द्वन्द्वका बेला भएका घटना र द्वन्द्वको असर के थियो भन्ने कुरा नयाँ पुस्तालाई जानकारी दिनु कार्यक्रमको उद्देश्य रहेको अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले बताए । १० वर्षे द्वन्द्वका बेला आफू जस्ता कैयौँले भोगेका कुराहरूलाई बाहिर ल्याउँदा न्यायको खोजीमा हिँडिरहेका द्वन्द्वपिडितहरुलाइ साहस मिल्ने उनले बताए ।

कर्णाली प्रदेशको सुर्खेतबाट सुरु भएको फोटो प्रदर्शनी कार्यक्रम शनिवार डोटीमा राखिएको हो । सुर्खेत, कालिकोट, अछाम हुँदै डोटीको पुगेको पहिलो चरणको फोटो प्रदर्शनी यात्रा डडेलधुरा कञ्चनपुर हुँदै कैलालीको धनगढी पुगेर अन्त्य हुने अध्यक्ष खत्रीले बताए । सिलगढीको फोटो प्रदर्शनी कार्यक्रम दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय