बन्दना बम,
सिलगढी, भदौ- २३/डोटीको सायल गाउँपालिकाकी एक सुत्केरी महिलाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
सायल गाउँपालिका ६ का गोबिन्द साउदकी श्रीमति २५ वर्षीया धौली साउदको सुत्केरीपछि अत्याधिक रक्तश्राव हुँदा थप उपचारका लागि डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गण र जिल्ला प्रशासन कार्यालय डोटीको पहलमा नेपाली सेनाको एन ए ०६१ कल साईन हेलिकप्टरद्वारा उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरव प्रसाद गणका गणपति जनमतबहादुर कार्किले बताए ।


साउद बिहीबार बिहान रक्तश्राव भएर जिल्ला अस्पताल डोटीमा उपचारका लागी आएकी थिइन । साउदको भिडियो एक्सरे गर्दा शिशुको पेटमै मृत्यु भएको पाइएको र अप्रेसन गरेर मृत शिशु निकालिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट निराजन श्रेष्ठले बताए ।
बच्चाको साल पाठेघरमा टाँसिएर पाठेघर उप्कीएका कारण बचचाको पेटमै मृत्यु भएको डाक्टर श्रेष्ठले बताए । अत्यधिक रक्तश्राब भइरहेकाले ५ पिन्ट रगत समेत दिएको र गम्भिर समस्या देखिएकाले थप उपचारका लागि बाहिर पठाउनु परेको उनले बताए ।









