डोटी/सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले नेपाली कांग्रेस जनतालाई न्याय दिने पार्टी रहेको बताएका छन् ।
जनताको साथमा कांग्रेस अभियान अन्तगर्त बुधबार शिखर नगरपालिकामा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, कांग्रेस भनेको सबैलाई न्याय दिने पार्टी हो । पार्टीकालागि योगदान गर्ने सबैलाइ यो पार्टीले सम्मान गर्ने गरेको छ । कांग्रेसवाट दलित समुदायवाट सुदुर पश्चिम सरकारमा मन्त्री वन्ने मलाई अवसर दिएको हो । यो सवैको पार्टी हो ।’
उनले थपे, डोटीका नेता कार्यकर्ताहरुले गठवन्धन चाहेका छैन् । मनोभावना अनुरुप पार्टीले गठवन्धनलाई अगाडी वडाउनु पर्ने हुन्छ ।’









