डोटी/आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस डोटीबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ७ गरी जम्मा १६ जनाले उम्मेदवार हुने आकांक्षा देखाएका छन् । नेपाली कांग्रेसले जारी गरेको सुचना अनुसार पार्टी कार्यालयमा बिहीबार ठुलो संख्यामा आधिकारीक रुपमा नाम दर्ता गराएका छन् ।
प्रत्यक्षतर्फ नाम दर्ता गराउनेहरुमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायर, सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्का, गोरख बहादुर बिष्ट ‘आनन्द’, बक्त बहादुर बलायर, जितेन्द्र शाही, पुस्प कुमार शाही, यज्ञराज पाठक, टेकराज ओझा र हर्क देउवा रहेका छन् ।

त्यसैगरी समानुपातिक तर्फ संबिधान सभा सदस्य कल्पना शोप, पदम सिंह मल्ल, दिल बहादुर शाही, मुक्तिनाथ शर्मा, प्रशिस महरा, पूणर् सिं कठायत र योगेन्द्र माझि ‘गोपाल’ले पार्टी कार्यालयमा आबेदन दिएका छन् ।
आकांक्षि सबैको नाम केन्द्रमा पठाइने पार्टी सभापति नरेन्द्र बहादुर सिंहले बताए ।









