‘डोटीमा कांग्रेस एक्लै निर्वाचनमा जान्छ’

डोटी/नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्ब मन्त्री बीर बहादुर बलायरले निर्वाचनमा जित्ने आधार तय गरेरमात्रै गठबन्धन गरिनु पर्ने बताएका छन् ।

‘असान्दर्भिक रुपमा गठबन्धन गरिनु हुँदैन’, बलायरले भने, ‘सरकार निर्माण गर्न र निर्वाचन जित्नको लागिमात्रै गठबन्धनको कुनै अर्थ छैन ।’ नेपाली जनताको हित र राष्ट्रलाई समृद्ध गर्न सक्ने खालका सिद्धन्त र आधार तय गरेरमात्रै गठबन्धन हुनुपर्ने उनले बताए ।

‘देश र जनताको उन्नती र प्रगती तथा संबिधानको रक्षाका लागि गठबन्धन हुनुपर्दछ’, बलायरले भने, ‘तर गठबन्धन गर्दा जनमतको कदर गरिनु पर्दछ ।’ नेपाल प्रेस युनियन डोटीले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बलायरले डोटी जिल्लामा कांग्रेसको देशमै सबैभन्दा राम्रो जनमत भएकाले गठबन्धन मान्य हुँदैन र कांग्रेसले नेतृत्व लिनुपर्ने बताए ।

‘गठबन्धनका नाममा कुनै जनाधार नभएका पार्टी तथा नेताहरुलाई ल्याइनु हुँदैन’, बलायरले भने, ‘डोटीमा अहिलेसम्म गठबन्धनमा रहेका नेताहरुले आफु तथा कांग्रेस पार्टीसंग संबाद तथा सहकार्य गरेका छैनन् ।’

उनले भने, ‘कांग्रेसको जनाधार नभएको जिल्लामा हामी छोड्न तयार छौं तर डोटीमा भने छोड्दैनौं ।’ ‘डोटीमा कांग्रेस एक्लै निर्वाचनमा जान्छ’, बलायरले भने, ‘हामीमध्ये जोसुकै टिकट पाउँला त्यो ठुलो कुरा होइन ।’

सुदूरपश्चिम प्रदेशको राजधानी अहिले धनगढीमा डेरामा रहेको उनले बताए । ‘राजधानी धनगढी र अत्तरियाको तेघरीमा कुनै हालतमा राजधानी हुन सक्दैन’, उनले भने, ‘धनगढीमा राजधानीको आवश्यकनै छैन र ठाउँ पनि छैन उता तेघरीमा जंगलका कारण राजधानी हुँदैन ।’

बलायरले प्रदेश सरकारको औचित्य माथि पुष्टि अझै नभएकाले अबको निर्वाचनबाट आउने सरकारले पुष्टि हुने गरी काम गर्नुपर्ने बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय