डोटी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालमा यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र दिने व्यवस्था सबैभन्दा बदनामित भएको बताएका छन् । डोटीको राजपुरबाट संचालनमा आएको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा संचालन स्थल (ट्राइल स्पोट) को उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन् ।

‘अहिलेसम्म लाइसेन्स दिने कार्य बदनामित हुँदै आएको छ’, मुख्यमन्त्री भट्टले भने, ‘आगामी दिनहरुमा यो कार्यलाई स्वच्छ र मर्यादिन बनाउन सबैको भुमीका रहने र सवारी चालक अनुमति पत्र दिंदा निश्पक्ष भएर काम अगाडि बढाउनु होला ।’ ट्राइल सेन्टरले अब पहाडी जिल्लाका चालकहरुलाई सहज हुने उनले बताए । यो पाँच बर्षमा प्रदेश सरकारको गौरबको योजना भित्र राखेर ट्राइल स्पोट निर्माणको कार्यलाई बढाएको मुख्यमन्त्री भट्टले बताए ।

अब देखी डोटीबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न सकिने भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकलाई यो भन्दा पहिला लाइसेन्स लिन तराईका जिल्ला कैलाली र कञ्चनपुर जानुपर्ने बाध्यता थियो । डोटीसँगै डडेल्धुरामा पनि आजनै प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन भएको छ । पहाडी दुई जिल्लामा प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन भएपछि पहाडका ७ जिल्लाका नागरिक लाभान्वित हुने भएका छन् । ट्रायल सेन्टरको उद्घाटन पछि लाइसेन्सको लिखित परीक्षा दिएकाहरूले आज नै प्रयोगात्मक परीक्षा (ट्रायल) गरेका छन् ।

ट्रायल सेन्टरको उद्घाटन पश्चात् सबैभन्दा पहिला राजेश ठगुन्नाले ट्रायल पास गरेका छन् । ट्रायल पास भएकाहरूलाई आजै सवारी अनुमति पत्र लाइसेन्स दिइएको छ ।

डोटीमा २०७२ असार ३ गते नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग रहने गरी यातायात व्यवस्था सेवा कार्यालयको रुपमा स्थापना भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको २०७८ चैत १६ गते बसेको मन्त्रीपरिषद्ले सेवा कार्यालयलाई स्तरबृद्धि गर्ने निणर्य गरेको र चैत २२ गतेबाट यातायात व्यवस्था कार्यालयमा रुपान्तरण भएको थियो । यातायात व्यवस्था कार्यालय डोटीको कार्यक्षेत्र डोटी, अछाम र बाजुरा जिल्ला हुन् ।

कार्यालयबाट दुई तथा चार पाङ्ग्रे सवारी साधनको कर सङ्कलन, हाललाई दुई पाङ्ग्रे सवारी साधनको दर्ता तथा नामसारी, सवारी दर्ता प्रमाण पत्र नवीकरण, सार्वजनिक सवारी साधनहरूको प्राविधिक जाँच पास गर्ने कार्यहरू हुने कार्यालय प्रमुख पूणर् बहादुर शाहले बताए । त्यस्तै नयाँ रुट परमीट जारी एवम् नवीकरण गर्ने, यातायात सेवाको नाम पंजिकरण गर्ने, सवारी चालक अनुमति पत्र जारी गर्ने र अस्थायी रुट इजाजत दिने कार्यहरू कार्यालयबाट हुने कार्यालय प्रमुख शाहले बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय