सिलगढी/डोटीको टुँडिखेलमा सम्पन्न भएको उपमेयर कप महिला भलिबल प्रतियोगितामा दिपायल सिलगढी नगरपालिकाको जित हात पारेको छ । बुधवारबाट सुरु भएको उप–मेयर कप महिला तीज खेल प्रतियोगिता अन्तरगत बिहिवार भएको भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायललाई हराउँदै दिपायल सिलगढी नगरपालिकाले जित हात पारेको हो ।
दिपायल सिलगढी नपाले सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायललाई पराजित गरेकाे हाे । खेलकाे पहिलाे राउण्ड दिपायल सिलगढी नगरपालिकाले २५-१९ ले जितेकाे छ, दाेस्राे राउण्ड सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलले २५-२३ ले जितेकाे छ भने तेस्राे राउण्डमा दिपायल सिलगढी नगरपालिकाले २६-२४ ले जित हात पारेकाे छ । त्यसैगरी चाैथाे राउण्डमा सशस्त्र प्रहरीले २५-१५ ले जितेकाे छ भने अन्तिम राउण्डमा दिपायल सिलगढी नपाले १५-७ काे सेटले जित हात पारेकाे छ । फाइनल खेल वेस्ट अफ फाइपको खेलाएको थियो । जित सँगै दिपायल सिलगढी नगरपालिकाले १५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेको छ । दृतिय भएको सशस्त्र प्रहरीले १० हजार नगद र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
सेमिफाइनल खेलमा दिपायल सिलगढी नगरपालिकाले डोटी क्याम्पसलाई र सशस्त्र प्रहरीको टोलीले भैरव प्रसाद गणलाई हराएको थियो । प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको थियो ।
दिपायल सिलगढी नगपालिका, भैरव प्रसाद गण र त्रिवेणी एफ.एम. डोटीको संयुक्त आयोजनामा बुधवारबाट सुरु भएको उप–मेयर कप महिला तीज खेल प्रतियोगिता भदौ १४ गतेसम्म सञ्चालन हुनेछ ।
बुधवार महिला कबड्डी प्रतियोगिता र बिहिवार महिला भलिबल प्रतियोगिता सम्पन्न भइसकेका छन् । शुक्रबार फुटबल प्रतियोगिता तथा सिलगढी स्थित टुँडिखेलमा महिलाहरूलाई दर खुवाउने कार्यक्रम रहेको छ भने शनिबार दिपायल स्थित दिल्पेश्वर मठमा महिलाहरूलाई दर खुवाउने र नाचगानको कार्यक्रम आयोजना गरिने छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय