डोटी/नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको गीत मात्र गाउँदा स्थानीय तहको निर्वाचनमा अपेक्षित सिट हासिल गर्न नसकिएकोे बताए । पार्टीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका लागि डोटी पुगेका नेपालले आफ्नै बलमा चुनाव लडेको भए स्थानिय तहको निर्वाचनमा एक सय भन्दा बढी पालिकामा जित हासिल हुने बताए ।

स्थानीय निर्वाचनको बेला गठबन्धनमा जालझेल भएको नेपालले आरोप लगाए । ‘हामीले स्थानीय निर्वाचन हेरेका थियौं, गठवन्धन भनेर मात्र हुदैन सबै बफादर हुनु पर्छ, तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन’, अध्यक्ष नेपालले भने, ‘अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।’

उनले भने, ‘चुनाबी मोर्चा बन्न सक्छ तर निर्वाचन अघि कुनै पनि पार्टी संग एकता हुँदैन ।’ अध्यक्ष नेपालले नेकपा माओबादी केन्द्रसंग पार्टी एकताको लागि गृहकार्य समेत अगाडि बढेको बताए । तर निर्वाचन अगाडि एकताको सम्भावना नभएको उनको भनाई छ । बिचार र मान्यताबाट सिर्जना भएको गठबन्धनको औचित्य समाप्त नभएको कुरा उनले बताए । आफुहरुले गठबन्धनलाई कायम राख्न चाहेको उल्लेख गरे । तर चुनावी तालमेलका लागि कसले कति लचकता अपनाउन सक्छन् भन्ने कुरामा गठबन्धन भर पर्ने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भएका साधन स्रोतको अधिकतम उपयोगका लागि जनताको माँझ आफसी छलफल परामर्श गरेर एकताबद्ध रुपमा अगाडि बढ्ने बताए । जसले गर्दा यहाँ भएका जलस्रोत, पर्यटन प्रबद्र्धन लगायतका क्षेत्रका विकास हुने उनले बताए । अध्यक्ष नेपालसँगै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि गृह जिल्ला डोटी पुगेका छन् ।

९१ बर्षीय बृद्ध नेकपा एसमा प्रवेश
९१ बर्षीय एक बृद्ध नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी डोटीले शनिबार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको अगुवा कर्यकर्ता भेलामा दिपायल सिलगढी नगरपालिका वडा न. ८ निवासी ९१ बर्षीय हेम बहादुर माझी पार्टी प्रवेश गरेका हुन् ।

माझीले नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी पाटीमा प्रवेश गरेका हुन् । माझीले भने बृद्ध भत्ताको सुरूवाद गर्ने नेता माधव कुमार नेपाल भएकाले बृद्धहरूका लागि काम गर्ने पार्टी समाजवादी पार्टी भएको महसुर गरेर प्रवेश गरेको हुँ ।

त्सैगरी दिपायल सिलगढी नगरपालिका वडा न. ५ निवासी २० बर्षीय शिला थापा मगर पनि प्रवेश गरेकि छिन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सय ५१ जना उक्त पार्टीमा प्रवेश गरेका छन् । सबैलाई पार्टीका केन्द्रीय अध्यक्ष नेपालले टिका लगाएर पार्टीमा भित्र्याएका थिए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय