डोटी/नेपाली सेनाको भैरव प्रसाद गणले आयोजना गरेको ‘भैरब ट्रफि २०७९’ को उपाधी पूर्बीचौकी गाउँपालिकाले हात पारेको छ । शनिबार भएको फाईनल प्रतियोगितामा डोटी उद्योग बाणिज्य संघलाई पराजीत गर्दै पूर्बीचौकीले जितेको हो । कडा प्रतिस्पर्धा भएको खेलमा पूर्बीचौकी गाउँपालिकाले ०/१ गोलले जितेको हो ।
भैरव प्रसाद गणको १४२ औं वार्षिकोत्सबको अवसरमा आयोजना गरेको ३ दिवसीय मैत्रीपूणर् फुटबल प्रतियोगितामा शुक्रबार भैरव प्रसाद गणलाई सेमिफाइनलमा पेनाल्टी सुट आउट मार्फत ३/१ गोल अन्तरले पराजित गर्दै पुर्विचौकि गाउँपालिकको टिमले आफ्नो स्थान फाईनलमा सुरक्षित गरेको थियो ।

साउन १२ देखि साउन १४ गते सम्म संचालन भएको ३ दिवसीय मैत्रीपूणर् फुटबल प्रतियोगिता भैरब ट्रफि २०७९ मा जिल्लाका १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा एक पोलमा ५ वटा टिम रहने गरि २ पोलमा जम्मा १० वटा टिम रहेको प्रतियोगिताको पोल १ मा नेपाल पत्रकार महासंघ डोटी शाखा, भैरव प्रसाद गण, दिपायल सिलगढि नगरपालिका, पुर्बिचौकि गाउपालिका र कर्मचारी मिलन केन्द्र रहेका छन् भने पोल २ मा त्रिभुवन बिश्व बिधालय प्राध्यापक संघ डोटी, बैंकर्स संघ, डोटी उद्योग बाणिज्य संघ, शिखर नगर पालिका र गैरसरकारी संस्था महासंघ रहेका थिए । प्रतियोगिताको पोल १ मा रहेको पुर्बिचौकि गाउँपालिकाले पोल २ मा रहेको डोटी उद्योग बाणिज्य संघ डोटीलाई रोमाञ्चक ढंगले पराजित गर्दै भैरब ट्रफी २०७९ को उपाधि हात पार्न सफल भएको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेको डोटी उद्योग बाणिज्य संघको शसक्त टिमलाई पराजित गर्दै भैरब ट्रफी २०७९ को उपाधि हात पार्न सफल भएकोमा अत्यन्तै खुशि लागेको पुर्विचौकी गाउँपालिका का टिम क्याप्टेन तथा पुर्विचौकी गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए ।आफु जनप्रतिनिधि भएको हैसियतले खेलाडीहरूका लागि गाउँपालिकाले गर्नु पर्ने सहयोग, समन्वय निरन्तर रहने पनि अध्यक्ष उपाध्यायको भनाई छ ।
पछिल्लो समय डोटी जिल्लामा सुस्ताउदै गएको खेल क्षेत्रलाई माथि उठाउने उदेश्यले नेपाली सेनाको भैरव प्रसाद गणले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरि खेलाडीहरुको मनोबल बढाउने काम गरेकोमा आयोजक प्रति सरोकारवालाले धन्यवाद ब्यक्त गरेका छन । भैरव ट्रफी २०७९”प्रतियोगिता को विजेता पुर्विचौकी गाउँपालिकाले खसी पुरूस्कार पाएको छ ।









