बन्दना बम,
डोटी/
बडीमालिका तीर्थयात्रा शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय डोटीबाट सुरु भएको छ। यस तीर्थयात्रालाई सुदूरपश्चिम प्रदेशमै सबैभन्दा लामो अवधिको तीर्थयात्रा मानिन्छ।

बाजुरा जिल्लामा अवस्थित बडीमालिका भगवतीको पूजा गर्नका लागि डोटीबाट हरेक वर्ष झै यसवर्ष पनि सरकारी टोलीलाई बिदाइ गरिएको छ।

बाजुरा जिल्लामा रहेको बडीमालिकामा श्रावण शुक्ल पूर्णिमाका दिन सम्पन्न हुने विशेष मेलामा डोटीबाट पूजा सामग्रीका साथ ‘पेटारो’ पठाउने गरिन्छ। सरकारी कर्मचारीहरूको एक टोलीले उक्त पेटारो लैजाने गर्दछन। वर्षौदेखि सो चलन चलिआएको छ।

नेपाल एकीकरण हनुपूर्व डोटेली राजाले सो क्षेत्रमा सरकारी पूजा पठाउने चलन रहेको भएपनि पछिल्ला समय नेपालमा राज्य सञ्चालन गर्ने शाह वंशीय राजा, राणाकालीन अवस्थाका बढा हाकिम तथा हालका सरकारहरूलेसमेत पूजा सामग्री पठाउने चलन रहेको छ।

‘जिल्ला प्रशासन कार्यालय डोटीबाट निकालिएको मालिका रथयात्रालाई शैलेश्वरी मन्दिरमा तान्त्रिक विधिले पूजा गरी विशेष मन्त्रले बाधी पेटारोका साथ सरकारी टोलीलाई बिदाइ गरिन्छ’, शैलेश्वरी मन्दिरका पुजारी राजेश भट्टले भने, ‘ठाउँठाउँमा बास बसी १५ दिनपछि पेटारो बडीमालिका पुग्ने गर्दछ।’

भगवतीका सात बहिनीमध्ये कान्छी बहिनी मानिने बडीमालिका भगवतीको रथयात्रालाई जिल्ला प्रशासनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टुकडीले सलामीसहित टोलीलाई बिदाइ गर्ने चलन रहेको छ। सरकारी टोलीलाई गन्तव्यसम्म पुग्नका लागि अछाम, बाजुरा जिल्लाको सुरक्षा समितिसँग कुरा भएको र विशेष सुरक्षा व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ। सरकारी टोली साउन २७ गते मालिकामा सम्पन्न हुने विशेष पूजामा सरिक हुनेछ। धार्मिक तथा प्राकृतिक महत्वको पर्यटकीय क्षेत्र बडीमालिकालाई ठूलो शक्तिपीठका रूपमा हेर्ने गरिन्छ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय