खगेन्द्र सिंह,
डोटी/नेपालकै प्रमुख पर्यटकीय क्षेत्र खप्तडको पर्यटन पूर्वाधार विकास र प्रबद्र्धनका लागि नौ बुँदे घोषणा पत्र जारी गरिएको छ ।

खप्तडको मुख्यद्वार डोटीको झिंग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य संघ डोटीले आयोजना गरेको कार्यक्रमबाट नौ बुँदे घोषणा पत्र जारी गरिएको हो । कार्यक्रममा ‘समृद्धिको आधार, पर्यटन पूर्वाधार’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै खप्तडलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास र प्रवर्द्धन गर्न आवश्यक पहल र उपलब्ध स्रोतको परिचालनका लागि प्रतिबद्धता जनाएका छन् ।

दिगो पर्यटन विकासका लागि समुदायको अगुवाईमा ग्रामिण पर्यटनमा जोड दिन चारवटै जिल्लाहरुमा कम्तीमा एउटा/एउटा नमुना होमस्टे (घरबास)को स्थापना, संचालन तथा विकास गर्नमा जोड दिने तथा होमस्टे मार्फत स्थानीय खाना, भाषा, संस्कृति र भेषभुषालाई संरक्षण तथा प्रवर्द्धन गर्ने घोषणा पत्रमा जनाइएको छ ।

श्री १००८ ब्रम्हवीत परमहंस स्वामी सचिदानन्द सरस्वाती खप्तड बाबाले पवित्र भुमी खप्तडमा गरेको ५० बर्ष लामो त्याग, तपस्या, साधना र दर्शनलाई उच्च सम्मान गर्दै खप्तडलाई अन्तराष्ट्रियस्तरको ध्यान केन्द्र स्थापना गरिने र त्यसकालागि स्थानीय सामग्रीको प्रयोगबाट ध्यानकेन्द्रको भवनको निर्माण गरिने योजना रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताए ।

खप्तड लगायत अन्य पर्यटनसंग सम्बन्धित पाठ्यक्रमको विकास गरी चारवटै जिल्लाका कम्तीमा खप्तड मध्यवर्ती क्षेत्रभित्र पर्ने स्थानीय तहका विद्यालयहरुमा पठन पाठन हुने व्यवस्था गर्न समेत प्रतिबद्ध रहेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खड्काले आगामी बर्षमा खप्तडमा अन्तराष्ट्रिय म्याराथनको आयोजना गर्ने, खप्तड बाबाको समाधीस्थल बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र निर्माताहरुलाई आमन्त्रण गरी खप्तडमा चलचित्र सुटिङ गराउने, मध्यवर्ती क्षेत्रका मानिसलाई होमस्टे सम्बन्धी तालिम दिने लगायतका योजनाहरु रहेको बताए ।

डोटीबाट खप्तड क्षेत्रको बिचपानीसम्म सडक निर्माण, बाह्य पर्यटकका लागि पैदल मार्ग, बिचबिचमा बाटोका सही सङ्केत तथा पथप्रदर्शकको व्यवस्था लगायतका समेत योजना रहेको खड्काले जनाए ।

भूस्वर्गका नामले परिचित खप्तडको विकास तथा प्रवर्द्धनका साथै खप्तडमा आन्तरिक र बाह्य पर्यटकलाई के गर्दा खप्तडमा बढीभन्दा बढी भित्र्याउन सकिन्छ भन्ने विषयमा सबैले आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खप्तड मध्यवर्ती क्षेत्र समितिका संस्थापक अध्यक्ष लालबहादुर बोगटीले बताए । खप्तडमा करिब नौ/दश वटा तालतलैया रहेकाले खप्तडलाई रामसार सूचिमा सूचिकृत गराउनु पर्ने समेत बोगटीले बताए ।

कार्यक्रममा डोटीका स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायत खप्तड मध्यवर्ती क्षेत्रमा पर्ने बझाङ्ग, अछाम र बाजुरा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय