डोटीको पुर्विचौकी गाउँपालिका-७ पोखरीको तिनट्टेमा मंगलबार बिहान ट्याक्टर दुर्घटना भएको छ । से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दर्घटनाबाट गौरीगङ्गा नगरपालिका- ४ कैलाली घर भएका चालक ज्ञान बहादुर चौधरीको मृत्यु भएको हो । घाईते हुनेमा चौरापाटी गाउँपालिका-३ अछाम घर भएका नरबहादुर भुल रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

घाईतेको उपचारका लागी जिल्ला अस्पताल डोटी ल्याई रहेको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।









