डोटी/डोटीको पूर्बीर्चाकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खड्का माथि हातपात भएको छ । मंगलबार बिहान साढे ११ बजे खड्काको कार्यकक्षमै गएर हातपात गरेको बताइएको छ ।
पूर्बीचौकी गाउँपालिका वडा नम्बर ५ निवासी छत्र बहादुर कठायतका छोरा भुवन कठायतले कार्यकक्षमै गालिगलौच गर्दै हातपात गरेको र प्रशासकीय अधिकृतको कार्यालयको ल्यापटप समेत तोडफोड गरेको पूर्बीचौकी गाउँपालिकाका कर्मचारी परिवारले निकालेको प्रेस विज्ञप्ति उल्लेख गरिएको छ । हातपातबाट अधिकृत खड्काको शरिरमा चोटपटक समेत लागेको जनाइएको छ ।

हातपात पश्चात कठायत फरार रहेको बताइएको छ । दोषिलाई कडा कार्वाही नभएसम्म कार्यालयबाट प्रवाह हुने सम्पूणर् कामकाज बन्द गरिने समेत विज्ञप्ति मार्फत जानकारी दिएको छ ।









