बन्दना बम

डोटी/नेपाली कांग्रेसको केन्द्रीय अभियान अन्तर्गत डोटीमा पनि आइतबारदेखि एक महिने चुनाबी अभियान सुरु भएको छ। नेपाली काँग्रेसको नेतृत्वमा हासिल भएका राजनैतिक तथा आर्थिक उपलब्धिबारे जनतालाई जानकारी गराई पार्टीका उमेद्वारहरुको पक्षमा मतदानका लागि आग्रह गर्ने उद्देश्यले अभियान संचालन गर्न लागिएको डोटी कांग्रेसले जनाएको छ।

‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने मूल नाराका साथ संचालन भएको एक महिने अभियानका लागि डोटीमा कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिकारुपमा किरण गिरी सहभागि भएका छन्। जिल्लाको जोरायल गाउँपालिकाबाट अभियान सुरु भएको छ।

अभियान अन्तर्गत डोटीमा पहिलो चरणमा पालिका स्तरमा कार्यक्रम गरिने डोटी कांग्रेसले जनाएको छ। केन्द्रीय प्रतिनिधि गिरी, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सभापति बीर बहादुर बलायर, प्रदेशसभा सदस्य भरत खड्का लगायत नेताहरुको सहभागितामा कार्यक्रम भईरहेको नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहले जानकारी दिए। उता अन्य जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु भने आ-आफ्नो गाउँ अभियानमा लागि राख्ने सभापति सिंहले जानकारी दिए।

त्यसैगरी फागुन ३० गते बडीकेदार गाउँपालिकामा, चैत १ गते बोगटान गाउँपालिकामा, चैत २ गते केआईसिंह गाउँपालिकामा, चैत ४ गते सायल गाउँपालिकामा, चैत ५ गते आदर्श गाउँपालिकामा, चैत ६ गते दिपायल सिलगढी नगरपालिकामा, चैत ७ गते पूर्बीचौकी गाउँपालिकामा तथा चैत ८ गते शिखर नगरपालिकामा कार्यक्रम गरिने बताइएको छ। पालिका स्तरका कार्यक्रम पश्चात केन्द्रिय प्रतिनिधी एक महिनासम्म जिल्लामै रहने र गाउँ अभियानमा सहभागि हुने जनाइएको छ।

स्थानीय चुनाबमा कांग्रेस उम्मेदवारलाई विजय गराउने र एमसीसीका विषयमा भ्रम चिर्ने लगायतका उद्देश्य लिएर गाउँ अभियानमा सुरु भएको सभापति सिंहले बताए। कांग्रेसले चुनावसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने, बिगतको ओली सरकारले तीन वर्षमा गरेका जनविरोधी र असंवैधानिक कदमलाई जनता समक्ष व्यापकरुपमा लैजाने उद्देश्यले कार्यक्रम गरिएको उनले जनाए।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय