डोटी/भू-स्वर्गको रुपमा चिनिएको पर्यटकीय क्षेत्र खप्तडमा अहिले आन्तरिक पर्यटकहरुको घुँईचो लाग्ने गरेको छ । खप्तडमा हिउँ खेल्न र मनमोहक दृष्याबलोकन गर्न जानेको भिड लागेको हो । केहिदिन अगाडि परेको हिउँका कारण पैदल यात्रा गरेर अहिले खप्तडमा जान नसकिने भएकाले हेलिकेप्टर मार्फत घुम्न जाने बढेका हुन ।

होटल व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा खप्तड होमस्टेका संचालक दिपक बहादुर खड्काको नेतृत्वमा डोटीको दिपायलबाट धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड तथा बडिमालिकामा क्षेत्रमा हेली माउन्टेन हेलिकप्टर मार्फत हेली टुर संचालनमा आएको छ ।

फागुन १ गतेदेखि संचालनमा आएको हेली टुर फागुन १० गतेसम्म रहने अध्यक्ष खड्काले बताए । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी (नाटा), सुदूरपश्चिम प्रदेश, माउण्टेन हेलिकप्टर, उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश तथा होटेल व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेशको सहकार्यमा ‘टुर प्याकेज’ संचालनमा आएको उनले बताए । हालसम्म सयौंको संख्यामा खप्तडको भ्रमण गरिसकेको बताइएको छ ।

बिशेषगरी अहिले खप्तडमा हिउँ खेल्न मन पराउने पर्यटकहरु हेलिकप्टर मार्फत गइरहेका छन् भने त्रिबेणी धाम, सहस्र लिंग, गणेश मन्दिर, शिब मन्दिर, खप्तड बाबाको कुटी जस्ता महत्वपूणर् धार्मिक स्थल रहेकाले धार्मिक हिसाबले पनि पर्यटकहरुले हेली टुर गरिरहेको आयोजकले जनाएको छ ।

अहिले हिउँका कारण खप्तडको दृष्य मनमोहक रहेको छ । खप्तडमा रहेका २२ पाटन हिउँले ढपक्क ढाकेर अप्सरा झै देखिएका छन् । खप्तडमा अझै हिउँ करिब चार/पाँच फिट जति रहेको छ । बडिमालिकामा समेत हेली टुर संचालन गर्ने भनिएपनि बाक्लो हिउँका कारण हेलिकप्टर बस्न नसकेर पर्यटकहरु आकाशबाटै बडिमालिकाको दृष्याबलोकन गरेर फर्किरहेका छन् ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ्ग लगायतले समेत हेलिकप्टर मार्फत खप्तडको भ्रमण गरेका छन् । खप्तड डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलको रुपमा रहेको छ । यहाँ बर्षमा ६ महिना हिउँले ढाक्ने गर्दछ ।

‘खप्तडलाई अहिले हिउँले ढपक्क छोपेकाले मनमोहक दृष्य देखिएको छ’, खप्तड घुमेर आएका शेरबहादुर कार्कीले भने, ‘भरपुर रमाईलो लिने र बर्षभरीको थकान मेट्ने स्थानको रुपमा अहिले खप्तड रहेको छ ।’ अघाइन्जेलसम्म हिउँ खेल्न सकिने उनले बताए ।

 

 

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय