डोटी/कोभिड १९ विरूद्वको खोप सम्बन्धि जनचेतनामूलक सडक नाटक गरिएको छ । दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ५ बागठाटामा कोरोना भारसको खोप सम्बन्धि सडक नाटक गरिएको हो । शैलैश्वरी युवा क्लबले शनिबार कोरोना भाइरसको खोप सम्बन्धि जनचेतनामूलक नाटक प्रदर्शन गरेका थिए ।

बहुउद्देश्यीय विकास समाज डडेलधुराले ईको अफ कोर्डेडको आर्थिक सहयोगमा यो जनचेतनामूलक सडक नाटक सञ्चालन गरेको हो । कोरोना विरूद्वको खोप लगाऔं “आफू पनि सुरक्षित बनौं आफ्नालाई पनि सुरक्षित बनाऔं ” भन्ने नाराका साथ यो अभियान शुरू गरिएको छ । साथै डोटीका नौ वटै स्थानीय तहहरूमा चलिरहेको कोरोना विरूद्वको खोप केन्द्रहरूमा मास्क सेनिटाइजर र जनचेतनामूलक सल्लाह दिएर हेल्प डेस्क पनि राखिएको छ ।

हेल्प डेस्क एउटा स्थानीय तहका दुईवटा खोप केन्द्रहरूमा राखिएको छ । कोरोना को खोप नलगाएका आर्थिक अभावमा भएका अशक्त असायहरूको महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरेर डाटा संकलन समेत गरिएको छ । त्यस्ता मानिसहरूलाई खोप केन्द्र सम्म पुगाउन संस्थाले सहजिकरण गर्ने भएको छ । धेरै जस्तो मानिसहरूले अझै पनि खोप लगाउन मानिरहेका छैनन् त्यसैले कोरोना विरूद्वको खोप सबैले पुणर् रूपमा लगाउन खोप सम्बन्धि जनचेतनामूलक सडक नाटक र अशक्त असाय मानिसहरूको आर्थिक अवस्था बुझन्को लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको संस्थाका कार्यकारी निर्देशक प्रेम बहादुर महरले बताए ।

लक्षित वर्गलाई खोप केन्द्र सम्म पुर्‍याउनका लागि यातायात र आर्थिक सहयोग गरि खोपको पहुँच पुगोस् भनेर कोभिड १९ आपतकालीन सहयोग कार्यक्रम मार्फत व्यवस्था गरिएको संस्थाले जानकारी गराएको छ । जनचेतनामूलक सडक नाटकले पनि धेरै कुरालाई प्रष्ट पार्ने भएकोले कोरोनाको खोप लगाउने उमेर पुगेकाले सबैलाई आवस्यक रहेको आपतकालीन सहयोग कार्यक्रम डोटीका कार्यक्रम संयोजक सविना केसीले जानकारी गराइन् ।

गाउँघरमा खोपको बारेमा जानकारी गराएता पनि सबैले खोप लगाउन नमानिरहेका र यसरी जनचेतनामूलक कार्यक्रम गरेर उहाँहरूलाई खोप केन्द्र सम्म पुर्‍याउने पहल गरेकोले बहुउद्देश्यीय बिकास समाज डडेलधुरा संस्थालाई दिपायल सिलगढी नगरपालिका ५ वडाका वडा अध्यक्ष मदन भण्डारीले धन्यवाद दिए । वडा बाट संस्थालाई गर्नुपर्ने सहयोगको लागि अगाडि रहने र खोप लगाउन नमान्ने मानसिकका लागि वडाले के गर्नुपर्छ त्यो गर्न तयार रहेको भण्डारीले बताए । डोटीका प्रत्येक पालिकाहरूमा संस्थाले युवा परिचालन गरेर जनचेतनामूलक सन्देश प्रवाह गराउने र खोपको मात्रालाई बढाउने आपतकालीन सहयोग कार्यक्रम डोटीका कार्यक्रम अधिकृत बन्दना बमले बताउनु भएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय