डडेल्धुरा/कोराना विरुद्धको खोपमा सबैको समान पँहुच पुर्‍याउन महिला स्वयं सेविका परिचालन गरिएको छ । लक्षित समुदायका मानिसलाई खोपकेन्द्र सम्म पुर्‍याउनका लागि महिला स्वयं सेविका खटाउने भएको छ ।

डडेल्धुरा र डोटीका सबै वडाहरुमा महिला स्वयं सेविका परिचालन गरी कोरोना विरुद्धको खोप लगाउनका लागि अभियान थालिएको छ ।
विगत दुई दशक देखि सुदुरपश्चिमका विभिन्न जिल्लामा सामाजिक क्षेत्रमा काम गरिरहेको बहुुउद्येश्यिय विकास समाज डडेल्धुराले ईको पार्ट अफ कोर्डेडको आर्थिक सहयोगमा महिला स्वंमसेविका परिचालन गर्न सहयोग गरेको जनाएको छ । शारिरिक रुपमा अशक्त, अपागंता भएका मानिस, जेष्ठ नागरिक, साथै खोपकेन्द्र सम्म आउन नसक्ने अवस्था भएका मानिसलाई खोप सम्म पँहुच पुर्‍याउन गाउँ गाउँमा स्वयं सेविका परिचालन गरेको सस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर महरले वताए ।

जिल्लाका सवै वडावाट खोप नलगाएका जेष्ठ नागरिक, अपागंता भएका मानिस, अशक्त का साथै जेष्ठ नागरिकहरुलाई यातायात र आर्थिक सहयोग गरि खोप सम्म पँहुच पुगाउनका लागि कोभिड १९ आपतकानि सहयोग कार्यक्रम मार्फत उनिहरुलाई खोपकेन्द्र सम्म ल्याउने व्यवस्था गरिएको संस्थाले जनाएको छ । जिल्लाका हरेक वडाहरुमा एकजना महिला स्वयं सेविका परिचालन गरिने कार्यकारी निर्देशक महरले वताए । सुरुमा महिला स्वयं सेविका मार्फत त्यस्ता व्यक्तिको डाटा संकलन गर्ने र कोरोना विरुद्धको खोप चलेको समयमा उनिहरुलाई सम्पर्क गरि केन्द्र सम्म ल्याउने लैजाने व्यवस्था भएको कोभिड १९ आपतकालिन सहयोग कार्यक्रमका कार्यक्रम संयोजक शिवराज पाठकले जानकारी दिनु भयो ।

विभिन्न आर्थिक, शारिरिक तथा अन्य कारणले कोरोनाको खोप लगाउन नपाएका मानिसलाई खोप केन्द्र सम्म पुगाउन सहयोग गरी कोरोना माहामारी रोकथाममा बहुउद्देश्यीय विकास समाजले ठुलो भुमिका खेलेको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले वताए । शुक्रवारदेखि अमरगढी का ११ वटा वडामा स्वास्थ्य स्वंमसेविका परिचालन गरिएका छन् भने अन्य स्थानिय तहमा पनि चाडै उनिहरुलाई खटाई लक्षित समुदायका मानिसको डाटा निकालली खोपमा पँहुच वढाउने जनाइएको छ ।

उक्त संस्थाले डडेल्धुरा र डोटी जिल्लाका मुख्य अस्पताल र अन्य स्वास्थ्य संस्थामा समेत विभिन्न स्वास्थ्य सामग्रीहरुको सहयोग गरिरहेको छ । त्यसैगरी खोप ढुवानी, अशक्त अपागंंता भएका मानिस तथा जेष्ठ नागरिकहरुलाई खोपकेन्द्र सम्म ल्याउने लैजानु का साथै स्वाथ्यकर्मी तथा महिला स्वंम सेविकाहरु परिचालन गरि कोरोना सम्वन्धि जनचेतना समेत जगाउने कार्य भइरहेको छ ।

दुवै जिल्लाका ठुला अस्पताललाई कोभिड १९ को माहामारी न्युनीकरण तथा उपचार गर्न र पिडित वनेका सर्वसधारण तथा विरामीलाई राहात उपलब्ध हुने गरी डिस्पोजल ग्लोब्स, स्टेराइल ग्लोव्स, बाईप्याप माक्स, अक्सिजन कन्सिटेटर, भेण्टिलेटरको सर्किट, एण्टिजिन किट्स, पिसिआर जाँच गर्ने किट, पिसिल, हेडक्याप, सुकभर लगाएतका अति आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको सस्थाले जनाएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय